अब कुकुरसङ्ग उस्कै भाषामा बोल्नुहोस् !


प्रकाशित मिति : माघ २९, २०७४ सोमबार

एक पटक सोच्नुहोस् त तपाईले घरमा पाल्नु भएको कुकुरले तपाईको जवाफ तपाईकै भाषामा दिन सक्छ त ? तपाईलाई यस कुराले अचम्मिच बनाउन सक्छ। तर अब आश्चर्य नमान्नुहोस्, त्यो दिन टाडा छैन, अब मानिसले कुकुरसँग कुरा गरिरहेको देख्न सकिने छ । केही समयपछि तपाईले कुकुरसँग आफ्नै भाषामा खुलेर कुरा गर्न सक्नुहुनेछ।

अमेरिकाका एक वैज्ञानिकले मानिसले कुकुरसँग कुराकानी गर्न सक्ने यन्त्रको निर्माण गर्न लागेका छन्। उक्त यन्त्रले आर्टिफिशियल इन्टेलिजेन्सको उपयोगबाट जनावरको भाषा र उसको अनुहारको भाव सजिलैसँग अंग्रेजीमा ट्रान्सलेट गर्नेछ।

एनबीसीको एक रिर्पोटका अनुसार उत्तरी एरिजोना विश्वविद्यालयका डाक्टर कान स्लाबेदिकोफले करीब ३० वर्षदेखि कुकुर र उसको संवादको तरिकाका बारेमा अध्ययन गरिरहेका छन्।

उक्त रिर्पोटका अनुसार स्लाबेदिकोफ र उनका सहयोगीले एक एल्गोरिदम विकसित गरेका छन्। जो पाल्तु कुकुरको भाषालाई अंग्रेजीमा बदलिदिन सक्छ। उनले उक्त प्रविधिको विकासका लागि जुलिंगुआ नामको एक कम्पनी समेत निर्माण गरेका छन्।

उक्त प्रविधिको विकासलाई अझ उत्कृष्ट बनाउन स्लाबेदिकोफ र उनका सहयोगी अनुसन्धान सक्रिय बनेका छन्।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com