एमाले र माओवादी केन्द्रबीच पार्टी एकता यसैसाता गरिसक्ने सहमति


प्रकाशित मिति : माघ २९, २०७४ सोमबार

पार्टी एकता विषयमा विभिन्न कुराहरु बाहिर आएकै वेला नेकपा एमालेका अध्यक्ष केपी ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले यही साता भित्र पार्टी एकता गरिसक्ने सहमति गरेका छन् । ललितपुरको मानभवनमा सोमबार दिउँसो भएको एक्ला–एक्लै छलफलमा दुवै अध्यक्षले फागुन पहिलो साता पार्टी एकीकरण गर्ने सहमति गरेका माओवादी निकट स्रोतले जानकारी दिएको छ ।

स्रोतका अनुसार पार्टी एकीकरणको नेतृत्व र मोडालिटीबारे भोलि बिहान अध्यक्ष द्धय फेरि एक्ला–एक्लै छलफलमा बस्ने र त्यसपछि पार्टी एकता संयोजन समितिको बैठक बसेर पार्टी एकताको विषयमा कुरा टुंग्याउने सहमति भएको छ।

आज सोमवार भएको छलफलमा दुवै अध्यक्ष जसरी भएपनि सरकार गठनअघि पार्टी एकता गरिसक्नेमा सहमत छन्। स्रोतका अनुसार फागुन ६÷७ गते पछि सरकार गठन प्रक्रिय अघि बढ्ने भएकोले दुवै अध्यक्षले फागुन पहिलो साता नै पार्टी एकतामा जोड दिएका हुन् ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com