आज र भोलि हल्का वर्षा हुने


प्रकाशित मिति : माघ २९, २०७४ सोमबार

पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले आज र भोलि देशैभर बदली भई हल्का वर्षा हुने भएको छ।

पहाड र तराईका केही भागमा बदली भई पानी पर्ने र मध्य र पश्चिमका उच्च हिमाली भागमा हिमपात हुने मौसमविद् वरुण पौडेलले बताए।

‘हिजोबाटै बदली भएको मौसम भोलिसम्म कायम हुनेछ,’  पौडेलले भने, ‘आज राति र  भोलि देशका केही स्थानमा हल्का वर्षाको सम्भावना छ।’

भोलि बेलुकादेखि भने मौसममा सुधार हुने महाशाखाको पूर्वानुमान छ।

शिवरात्रीका बेला मौसम बदली हुनु संयोग मात्र भएको मौसमविद् पौडेलले बताए।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com