देउवाबाट शिलान्यास गरेको ‘चमेलिया’ पाँचपटक म्याद थपेर ११ वर्षपछि देउवाले उद्घाटन


प्रकाशित मिति : माघ २९, २०७४ सोमबार

मुलुकको जलविद्युत् क्षेत्रमा खराब उदाहरणका रूपमा लिइने आयोजना चमेलियाको निर्माण सम्पन्न भइ यसबाट उत्पादित बिजुली राष्ट्रिय प्रसारणलाइनमा जोडिएको छ ।

तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाबाट शिलान्यास भएको आयोजनाको उद्घाटन गर्ने ऐतिहासिक अवसर पनि प्रधानमन्त्री देउवाले नै पाए । दार्चुलाको शैल्यशिखर नगरपालिका–१ बलाँचमा रहेको आयोजनाको शनिबार देउवाले उद्घाटन गरेका हुन् । कारोबार दैनिकमा खबर छ ।

आयोजनाको जडित क्षमता ३० मेगावाट छ । मुलुकको जलविद्युत् क्षेत्रमा खराब उदाहरणका रूपमा लिइने आयोजना चमेलियाको निर्माण सम्पन्न भइ यसबाट उत्पादित बिजुली राष्ट्रिय प्रसारणलाइनमा जोडिएको छ ।

दार्चुलाको शैल्यशिखर नगरपालिका–१ बलाँचमा रहेको आयोजनाको शनिबार देउवाले उद्घाटन गरेका हुन् । आयोजनाको जडित क्षमता ३० मेगावाट छ ।कार्यक्रममा प्रधानमन्त्री देउवाले भने, “आयोजना सुरु गर्ने मै हुँ र उद्घाटन पनि मैले नै गर्ने अवसर मिल्यो । यस्तो अवसर पाएकोमा गौरवान्वित पनि छु ।”

नेपाल विद्युत् प्राधिकरणले निर्माण गरेको आयोजनाको काम चीनको सीजीजीसी र कोरियाको केएचएनपीले गरेका हुन् । उद्घाटन कार्यक्रममा उपप्रधान तथा ऊर्जामन्त्री कमल थापाले चमेलियाको उद्घाटनपछि राष्ट्रिय प्रसारणलाइनमा जोडिने र मुलुबकाट लोडसेडिङ अन्त्य हुने बताए ।सन् २००७ मा आयोजना निर्माण सुरु गरी २०११ मा सम्पन्न गर्ने लक्ष्य लिइएको आयोजनामा पाँचपटक समयावधि थपिएको थियो ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com