थाई नागरिकको लुम्बिनी बसपार्कमा अचानक मृत्यु


प्रकाशित मिति : माघ २८, २०७४ आईतबार

माघ २८, लुम्बिनी । थाई नागरिकको अन्तर्राष्ट्रिय पर्यटकीय स्थल लुम्बिनीस्थित बसपार्कमा अकस्मात मृत्यु भएको छ । स्थानीयले दिएको जानकारी अनुसार यू।पी। ६५ ई। टी। भारतीय नं। प्लेटको बस शनिवार बिहानै साढे ९ बजे लुम्बिनी बसपार्कमा पुग्ने बित्तिकै ओर्लेर भुइँमा बसेको केही मिनेटमै ५५ वर्षीय थाई नागरिक सामी सिथोको मृत्यु भएको हो ।

मृतकको शव भीम अस्पताल भैरहवामा पोष्ट मार्टम गराई थाई राजदूतावास मार्फत थाईलैण्ड लैजाने पहल भइरहेको ईलाका प्रहरी कार्यालय लुम्बिनीका प्रहरी निरीक्षक पुरुषोत्तम राउत क्षेत्रीले जानकारी गराए ।
बसबाट झरी भूइँमा बस्ने बित्तिकै मृत्यु हुनुको पछाडि उच्चरक्तचाप वा अन्य कुनै कारण हुन सक्ने प्रहरीको प्रारम्भिक बुझाइ रहेको ईप्रका लुम्बिनीका प्र.नि.राउतक्षेत्रीको भनाइ छ । यद्यपि, लुम्बिनी जस्तो ठाँउमा पहिलो पटक भएको अचानक थाई नागरिकको मृत्यु प्रकरणले स्वदेश तथा विदेशमा सनसनी फैलाएको छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com