Follow @khasokhasmag

हतियार र विष्फोटक पदार्थ राखेको आरोपमा श्रीमान्श्रीमती पक्राउ


प्रकाशित मिति : माघ २८, २०७४ आईतबार

माघ २८, मकवानपुर । हातहतियार र विष्फोटक पदार्थ राखेको आरोपमा २ जनालाई पक्राउ गरी प्रहरीले सार्वजनिक गरेको छ। मकवानपुरको मनहरी गाउँपालिका– ५, डिल्लीपुरका ३२ वर्षीय रामबहादुर मोक्तान र उनकी श्रीमती ३० वर्षीया दीलमायाँ मोक्तानलाई प्रहरीले शनिबार पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको हो।
रिमोटसहित प्रेसर कुकर बम १ थान, सुतली बम २ थान, कटुवा पेस्तोल १ थान, गोली ४ थान, बारुद आधा किलो, डेटोनेटर ६ थान, नेपाली सेनाको पोसाक १ सेट लगायतका सामग्रीसहित उनीहरुलाई सार्वजनिक गरिएको हो।

बुधबार मनहरी गाउँपालिका–९ स्थित सानो भावर जंगलमा एक व्यक्तिलाई गोली प्रहार गरी घाईते बनाएको भन्ने सूचनाको आधारमा अनुसन्धान गर्दा हातहतियार र विष्फोटक पदार्थसहित उनीहरु पक्राउ परेको जिल्ला प्रहरी कार्यालय मकवानपुर प्रहरी उपरीक्षक विकासराज खनालले बताए।

घटनास्थल नजिकै ना ४० प ६२१५ नम्बरको मोटरसाईकल जलेको अवस्थामा भेटिएको र मोटरसाईकल मोक्तान दम्पतीले प्रयोग गरेको खुल्न आएपछि प्रहरीले उनीहरुलाई शुक्रबारै पक्राउ गरी अनुसन्धान अघि बढाएको थियो।

प्रहरीले शुक्रबार मनहरी–९ स्थित खराङ्गचोक नजिक बाटोमा बालुवाभित्र लुकाई राखेको राईफलको गोलीहरु तथा मनहरी–५ डिल्लीपुरस्थित रामबहादुरको ससुराली घरमा लुकाई राखेको नलकटुवा पेस्तोल, बिष्फोटक पदार्थहरु लगाएतका सामग्री बरामद गरेको जनाएको छ । प्रहरीका अनुसार मनहरी गाउँपालिका–९ स्थित सानोभावर जंगलमा मोटरसाईकल रोकी बसेको अवस्थामा शरण र राजु भन्ने राजकुमार तामाङ्गले अपशब्द बोली थप्पड हानेपछि बिवाद भई गोली प्रहार गरेको स्वीकारेका छन्।

   न्युयोर्क स्टेट, डिपार्टमेन्ट अफ स्टेट, डिभिजन अफ कर्पोरेशन, दर्ता नम्बर: ५२५५२५८

नमस्ते मिडिया इन्क.

न्युयोर्क, अमेरिका

© 2021 KHASOKAHS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com