अबको सरकार वाम गठबन्धनकै हुनुपर्छ : कमल थापा


प्रकाशित मिति : माघ २०, २०७४ शनिबार

मकवानपुर, २० माघ । उपप्रधान तथा उर्जा मन्त्री कमल थापाले कानुनी जटिलताका कारण नयाँ सरकार गठनमा ढिला भएको बताउनुभएको छ । हेटौंडामा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो ।

आउँदो दिनमा अहिले रहेको कानुनी जटिलतालाई सबैले फुकाएर नयाँ चुनाब हुने बित्तीकै सरकार गठनको बाटो खोलिनुपर्ने उहाँले बताउनुभयो । राप्रपाका अध्यक्ष समेत रहनुभएका थापाले अबको सरकार वाम गठबन्धनकै नेतृत्वमा बन्नुपर्ने बताउनुभयो ।

चुनावमा नागरिकले वाम गठबन्धनको नेतृत्वमा पाँच वर्ष सरकार चलाउनका लागि म्यान्डेट दिएकाले यो म्याण्डेट विपरित सरकार गठन गर्न नहुने उहाँको तर्क छ ।

आउँदो फागुन ११ गते सम्ममा नयाँ सरकार बनिसक्ने उहाँले बताउनुभयो । तीन नम्बर प्रदेशको राजधानी हेटौंडा बनाउन सफल भएकोमा खुसी व्यक्त गर्दै थापाले भन्नुभयो- ‘६ वटा प्रदेशको प्रस्ताव पास भएको तर ३ नम्बरको प्रस्ताव पास नभएको खण्डमा प्रधानमन्त्री शेरबहादुर देउवासँग लामो छलफल गरेर अस्थायी भए पनि राजधानी हेटौंडामा ल्याउन सफल भयौं ।’

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com