स्टेट अफ द युनियन सम्बोधनमा छुट्टै आइन् ट्रम्पसँग आक्रोशित मेलानिया


प्रकाशित मिति : माघ १७, २०७४ बुधबार

 

एकजना पोर्न स्टारलाई उनीसँगको ट्रम्पको यौनभेटबारे चुप बस्न लगाउदै राष्ट्रपति डोनाल्ड ट्रम्पका वकिलले १ लाख ३० हजार डलर दिएको समाचार सार्वजनिक भएलगत्तै कुनै पनि सार्वजनिक समारोहमा नदेखिएकी डोनाल्ड ट्रम्पकी पत्नी मेलानिया ट्रम्प आजको स्टेट अफ द युनियन सम्बोधनमा राष्ट्रपति ट्रम्पसँगै नआएर एक्लै आएकी छिन् । गत हप्ता डोनाल्ड ट्रम्पसँगको स्वीट्जरल्याण्ड भ्रमण अप्रत्यासित रुपमा रद्द गरेर मेलानिया फ्लोरिडाको रिसोर्ट पुगेकी थिइन् ।

सन् २००६ मा मेलानिया ट्रम्पले छोरा जन्माएको ४ महिनामा नै डोनाल्ड ट्रम्प पोर्नस्टार स्टोर्मी डानियलसँग गएको अभियोगसहितका रिपोर्टहरु यही जनवरी १२ मा सार्वजनिक भएलगत्तै उनले ट्रम्पसँगको भ्रमण रद्द गरेर रिसोर्टमा गएकी हुन् । यो रिपोर्टपछि मेलानिया राष्ट्रपति ट्रम्पसँग आक्रोशित भएका समाचारहरु आएका छन् ।

जनवरी १२ मा मेलानिया ट्रम्पसँग फ्लोरिडा पुग्नुभन्दा केही घण्टा अगाडि रिपोर्टहरु प्रकाशित भएका थिए । जनवरी १५ मा मेलानिया आफ्ना पति डोनाल्ड ट्रम्पसहित वासिंटन फर्कदा हावाहुरी चलिरहेको थियो । त्यतीबेला ट्रम्पले छाता ओढेपनि पछाडि हिडिरहेकी मेलानियालाई छाता नओढाएको दृश्य सार्वजनिक भएको थियो ।

गत सोमबार डोनाल्ड र मेलानियाको विवाहको १३ औं बार्षिकी रहेको थियो । तर यो बार्षिकीमा कुनै सार्वजनिक अभिव्यक्ति आएन । उनीहरुले बार्षिकी मनाए नमनाएको पनि कुनै खबर सार्वजनिक भएन । बिहिबार फ्लोरिडा जानु अगाडि मेलानियाले एक्लै वासिंटनमा रहेको होलोकोस्ट म्युजियमको भ्रमण गरेकी थिइन् ।

राष्ट्रपति ट्रम्पले कार्यभार सम्हालेको एकबर्षको उपलक्ष्यमा मेलानियाको ट्वीटरमा पोष्ट सार्वजनिक भएको थियो तर त्यो पोष्टमा उनले आफ्नो पति डोनाल्ड ट्रम्पको बारेमा उल्लेख नगरी एकजना सेनाका युनिफर्म लगाएका स्कर्टसँगको तस्वीर राखेकी थिइन् ।

आजको ट्रम्पको सम्बोधनमा पनि उनी ट्रम्पसँग नआएर छुट्टै आएकी छिन् ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com