ब्राजिलमा बन्दुकधारीबाट नाइट कल्वमा हमला , १४ जनाको मृत्यु


प्रकाशित मिति : माघ १४, २०७४ आईतबार

काठमाडौं, १४ माघ । उत्तरपूर्वी ब्राजिलमा बन्दुकधारीले एक नाइट क्लबमा हमला गर्दा कम्तिमा १४ जनाको मृत्यु भएको छ ।

तीनवटा कारमा चढेर आएका आक्रमणकारीले फोरटालेजा नजिकको फोर्रो डो नाइटक्लबलाई निशाना बनाएका थिए । मृत्यु हुनेहरुमा नाबालिग समेत छन् । घाइतेहरुलाई अस्पताल भर्ना गरिएको छ ।

स्थानीय सञ्चार माध्यमहरुका अनुसार आक्रमणकारी लागूऔषध तस्करी समूहसँग सम्वन्धित छन् । गत वर्ष सीएरा प्रान्तमा ५ हजार १ सय १४ जनाको हत्या भएको थियो जुन २०१६ को तुलनामा ५० प्रतिशत बढी हो ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com