बिपी राजमार्गमा साना साधनलाई मात्र अनुमति


प्रकाशित मिति : आश्विन १७, २०७३ सोमबार

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले बिपी (बनेपा–बर्दिबास) राजमार्गमा १८ सिटभन्दा कम क्षमताका साना सवारीसाधन मात्र सञ्चालन गर्ने निर्णय गरेको छ । मन्त्रालयले गत साउनमा गठन गरेको सात सदस्यीय प्राविधिक अध्ययन समितिको सिफारिसविपरीत समितिको सिफारिसविपरीत उक्त निर्णय गरेको हो । प्राविधिक अध्ययन समितिले उक्त राजमार्ग ठूला (३५) सिटे सवारीसाधन सञ्चालन गर्नका लागि प्राविधिक रूपमा योग्य रहेको सिफारिस बुझाएको थियो ।

सो राजमार्गमा यातायात सञ्चालन गरिरहेका व्यवसायीको दवाबमा परेर मन्त्रालयले ठूला सवारीसाधन सञ्चालन गर्ने निर्णयबाट पछि हटेको प्राविधिक अध्ययन समितिका एक सदस्यले जानकारी दिए । समितिले ७ असोजमा मन्त्रालयलाई प्रतिवेदन बुझाएको थियो । तर, मन्त्रालय १८ सिटभन्दा कम क्षमताका साना सवारीसाधन मात्र सञ्चालन गर्न दिने निष्कर्षमा पुगेको हो ।

प्राविधिक अध्ययन समितिका एक सदस्यका अनुसार समितिले पाएको करिब दुई महिनाको अवधिमा जापानले निर्माण गरेको उक्त सडकको सबै पक्षको अध्ययन गरिएको छ । ‘ड्रइङ, डिजाइनलगायत सबै पक्षको अध्ययन गरेर नै ठूलो सवारीसाधन पनि सञ्चालन गर्न सकिने निष्कर्षमा समिति पुगेको हो,’ उनले भने ।

यसका साथै चाडपर्वको समयमा पृथ्वी राजमार्गमा ट्राफिक उच्च हुने हुँदा त्यसलाई ‘डाइभर्ट’ गर्न पनि सहज हुने देखेर नै ठूला सवारीसाधनलाई पनि सञ्चालन गर्न सिफारिस गरिएको हो । तर, अहिले कार्यान्वयन गर्ने वेलामा मन्त्रालयले फरक निर्णय गरेपछि समितिका सदस्यले आफैँसँग भएको प्रतिवेदनसमेत सार्वजनिक गर्न इन्कार गरेका छन् ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

त्यस्तै, प्राविधिक समितिले आफ्नो प्रतिवदेनमा ठूला सवारी सञ्चालन गर्दा सडकमा पर्न सक्ने प्रभाव मूल्यांकन गर्न ६ महिनाको परीक्षण अवधि पनि तोकेको नयाँ पत्रिकामा खबर छ । त्यो अवधिमा ठूलो सवारीसाधन सञ्चालन गरेका कारण खतराजनक अवस्था देखापरेमा अहिलेको निर्णय परिवर्तन गर्ने ठाउँ राखिएको छ । मन्त्रालयले आफ्नो निर्णयमा प्राविधिक समितिको प्रतिवेदन प्राप्त भएको र ‘थप विस्तृत अध्ययन’ गरिने उल्लेख गरेको छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com