भर्जिनियामा गाडीको ठक्करबाट घाइते नेपाली चेलीका लागि सहयोग संकलन सुरु


प्रकाशित मिति : माघ ११, २०७४ बिहीबार

भर्जिनियाको मनाससमा गाडीको ठक्करबाट घाइते नेपाली चेली सन्तोषी नेपालीको सहयोगका लागि गोफण्डमीमा सहयोग संकलन सुरु गरिएको छ । सन्तोषी नेपालीको स्थानीय अस्पतालमा उपचार भइरहेको छ ।

मनाससमा सोमबार बेलुका ७ बजे बाटो पार गर्न लाग्दा २००२ को होण्डा सिभिक गाडीले २५ बर्षकी सन्तोषी नेपालीलाई ठक्कर दिएको हो ।

बाटो पार गर्न लाग्दा गाडीले ठक्कर दिएपछि नेपालीको टाउको र कम्मरमा चोट लागेको छ । डाक्टरले झण्डै २ महिना आराम गर्न भनेको तथा उनको अमेरिकामा कोही आफन्त समेत नभएको जनाइएको छ ।

नेपालको नुवाकोट निवासी नेपाली २ बर्ष अगाडि डिभी लोटरीमार्फत अमेरिका आएकी थिइन् । मनाससमा बस्दै आएकी उनका श्रीमान् नेपालमा रहेका छन् ।

तपाईपनि सहयोग गर्न चाहनुहुन्छ भने कृपया यो लिंकमा क्लिक गर्नुहोला ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com