घमण्ड नदेखाउन एमालेलाई दिपेशको सुझाव


प्रकाशित मिति : माघ ११, २०७४ बिहीबार

काठमाडौं, ११ माघ । अखिल क्रान्तिकारीका उपाध्यक्ष दिपेश पुनले एमाले नेताहरुले पार्टी एकताको विषयमा भ्रमात्मक धारणा दिएको भन्दै आक्रोश पोखेका छन् ।

पुनले बिहीबार बिहानै सामाजिक सञ्जाल फेसबुक स्ट्याटसमा एमाले नेताहरुले आफू एक्लैले बहुमत ल्याएको जस्तो गरेर पार्टी र सरकारको नेतृत्व एउटै व्यक्ति हुने भन्दै दिएको अभिव्यक्तिप्रति तिखो आक्रोस व्यक्त गरेका हुन् ।

पार्टी एकतापछि सरकार र नयाँ बन्ने पार्टी दुवैको नेतृत्व एमाले अध्यक्ष केपी ओली हुने भन्ने अभिव्यक्तिहरु छताछुल्ल हुन थालेपछि एमाले नेताहरुलाई ध्यान केन्द्रित गराउन पुनले यस्तो अभिव्यक्ति दिएका हुन् ।

एमाले महासचिव इश्वर पोखरेल, शंकर पोखरेल, शेरधन राईलगायतका नेताहरुले एकतापछिको पार्टीको अध्यक्ष र प्रधानमन्त्री एउटै व्यक्ति हुनुपर्ने र त्यो पनि केपी ओली नै हुनुपर्ने भन्दै सार्वजनिक अभिव्यक्ति दिइरहेका बेला पुनको यो चेतावनी आएको हो ।

फेसबुकमार्फत उनले यदि एमालेलाई त्यस्तै घमण्ड आएको हो भने एक्लै सरकार बनाएर देखाउन चुनौती पनि दिएका छन् । उनले एमालेले यस्तै घमण्ड गरेमा २०६४ मा माओवादी र २०७० मा कांग्रेसले घमण्ड देखाउँदा प्रतिपक्षमा बस्नुपरेको तितो यथार्थलाई एकपटक हेर्न आग्रह पनि गरेका छन् ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com