जापानमा युवाको जनसंख्या घट्दै , एक्लै बस्ने बृद्धबृद्धाले मृत्यु रोज्न थालेको तथ्याङक सार्बजनिक


प्रकाशित मिति : जेष्ठ ७, २०८१ सोमबार

जापानमा एक्लै बस्ने धेरै बृद्धबृद्धाहरुले मृत्यु रोज्न थालेको देखिएको छ । युवा समूहको जनसङ्ख्या घट्दै जाँदा वृद्धवृद्धा घरमा एक्लै बस्नुपर्ने बाध्यता जापानमा बढेको छ ।

घरमा एक्लै बस्दा कतिपयले आत्महत्या गर्ने र कतिपयको अन्य शारीरिक तथा मानसिक स्वास्थ्य समस्याका कारण ज्यान जाने गरेको तथ्याङक सार्बजनिक भएको हो । कुनै पनि व्यक्तिको साक्षीविना मृत्यु भएमा त्यसलाई एकान्त मृत्यु भनिन्छ ।

पछिल्लो तीन महिनाको अवधिमा एक्लै बस्ने १७ हजार जनाभन्दा धेरै जापानी वृद्धवृद्धाको घरमै ज्यान गएको त्यहाँको सरकारले बताएको हो ।

जापानको राष्ट्रिय प्रहरी एजेन्सी एनपीए ले पछिल्लो समय गरेको एक सर्वेक्षणले जनवरीदेखि मार्चसम्म देशभरि एक्लै बस्ने १७ हजार ३४ जना वृद्धवृद्धाको ज्यान गएको देखाएको छ ।

२०२४ को पहिलो तीन महिनामा २१ हजार ७ सय १६ जना एक्लै बस्ने मानिसहरूको ज्यान गएको थियो । यीमध्ये कतिपय आत्महत्याका घटना पनि थिए ।
एक्लो मृत्युको लगभग ८० प्रतिशत अर्थात् १७ हजार ३४ जना ६५ देखि ८५ वर्ष उमेरका थिए ।

एक्लै मृत्युको तथ्याङ्कले झस्काएको र अब आवश्यक कदम चाल्नुपर्ने अबस्था आएको छ सरकारले बताएको छ । सन् २०२४ भर जापानमा एक्लै बस्ने ६८ हजार जना वृद्धवृद्धाको ज्यान जाने अनुमान छ । एजेन्सीहरु

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com