दुई लाख ६० हजार तिब्बती गरिबीबाट मुक्त


प्रकाशित मिति : माघ ११, २०७४ बिहीबार

चीनको दक्षिणपूर्वमा पर्ने तिब्बत स्वशासित क्षेत्रका दुई लाख ६० हजार नागरिकलाई गरिबीबाट मुक्त गरिएको छ ।
गत दुई बर्षको अवधिमा उनीहरुलाई गरिबीबाट मुक्त गरिएको क्षेत्रीय सरकारका प्रमुख किझालाले बुधबार जानकारी दिनुभयो ।

सन् २०१५ को अन्त्य सम्ममा पाँच लाख ९० हजार नागरिक गरिबीको रेखामुनी रहेकोमा सन् २०१७ को अन्त्यमा तीन लाख ३० हजार जना मात्रै गरिबीको रेखामुनी रहेका छन् ।
बार्षिक प्रतिव्यक्ति आय ३४८ अमेरिकी डलर पुगेपछि उनीहरुलाई गरिबीबाट मुक्त भएको मानिने मापदण्ड बनाइएको छ ।

“सरकारले यस क्षेत्रमा गरिबी विरुद्धको अभियानका लागि धेरै नै बजेट छुट्याएको छ भने विभिन्न कार्यक्रमहरु पनि संचालन गरेको छ,” सरकार प्रमुख किझालाले भन्नुभयो ।

तिब्बतले आगामी सन् २०१८ मा एक लाख ४० हजार नागरिकलाई गरिबीबाट मुक्त गराउने प्रतिज्ञा गरेको स्थानीय अधिकारीहरुले जानकारी दिएका छन् ।
तिब्बत क्षेत्रको कुल जनसंख्या ३२ लाख रहेको छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com