बेलायतमा ग्लोबल आईएमई बैंकको सम्पर्क कार्यालय
प्रकाशित मिति : ७ माघ २०७४, आइतबार
– शिब भण्डारी
बेलायतस्थित अल्डरशटमा सञ्चालन हुने ग्लोबल आईएमई बैंकको सम्पर्क कार्यालय उद्घाटन भएको छ । कृष्ण गुरुङले सन्चालन गरेको सो कार्यकममा रसमोर बरो काउन्सिलका मेयर सोफिया चौधरी , प्रमुख अतिथी र राष्ट्र बैंकका गभर्नर डा चिरन्जिवी नेपाल, उध्योग वाणिज्य महासंघका उपाध्यक्ष तथा ग्लोबल आईएमई बैंकका सीइओ चन्द्र ढकाल र जनक शर्मा पौडेल बेलायतका लागि नेपाली राजदुत डा दुर्गाबहादुर सुवदी, एनआरएन आईसीसी उपाध्यक्ष कुल आचार्य, एनआरएन यूके अध्यक्ष योग फगामी, महासचिव आरके त्रिपाठी, ग्लोबल आइएमई बैंकका बेलायत प्रतिनिधि अमित चालिसे, आइएमईका कमल पौडेल सहित विभिन्न संघ सस्थाका प्रतिनिधिबीच बिधिबत रुपमा आइतबार ग्लोबल आईएमई बैंकको सम्पर्क कार्यालय अल्डरशटमा आयोजित एक भव्य समारोहबीच उद्घाटन भएको हो ।







