आज ४ बजे प्रदेश प्रमुख र अस्थायी राजधानी तोक्न, मन्त्रिपरिषद बैठक बस्दै


प्रकाशित मिति : माघ २, २०७४ मंगलबार

 

माघ २ , काठमाडौं । सरकारले ७ वटै प्रदेशका प्रमुख र् अस्थायी राजधानी तोक्ने तयारी गरेको छ। यसका लागि छलफल गर्न आज दिउँसो ४ बजे मन्त्रिपरिषद् बैठक डाकिएको छ।

निर्वाचन सम्पन्न भएको लामो समय भइसक्दा पनि प्रदेश प्रमुख नियुक्त नहुँदा प्रदेशसभा गठन हुन सकेको छैन। जसले गर्दा राष्ट्रियसभा निर्वाचन प्रभावति बन्दै गएको छ।
राष्ट्रियसभाको मतदाता प्रदेशका सांसद समेत हुने भएकाले उक्त निर्वाचनअघि प्रदेश प्रमुख नियुक्ति हुनुपर्ने संवैधानिक बाध्यता देखिन्छ।

सरकारले माघ २४ गते राष्ट्रियसभाको मिति तय गरिसकेको छ। निर्वाचनमा भाग लिने दलहरुको अन्तिम सूची माघ ५ गते प्रकाशन गर्ने आयोगले तयारी गरेको छ। त्यसअघि नै प्रदेशको समानुपातिक सांसदको किनारा गर्नुपर्ने संवैधानिक बाध्यता निर्वाचन आयोगसमक्ष रहेको छ।

निर्वाचनको अन्तिम परिणाम प्रदेश प्रमुखलाई बुझाउनुपर्ने व्यवस्थाका कारण दलहरुले समानुपातिक तर्फका सांसदहरुको नाम बुझाए पनि सार्वजनिक हुन सकेको छैन। सरकारले प्रदेश प्रमुख एकलौटी रुपमा नियुक्त गर्दा विवाद आउने भन्दै दलहरुको सहमतिमा सिफारिस गर्ने प्रयास गर्दा ढिलाइ भइरहेको दाबी गर्दै आएको छ। एमाले र माओवादीले भने अस्थायी राजधानी र प्रदेश प्रमुखको विषयमा सरकारले छिटो निर्णय गर्नुपर्ने भनेर दबाब दिँदै आएका छन्।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com