न्युयोर्क सिटीको क्वीन्समा आज पनि १५ बर्षीय विद्यार्थीको टाउकोमा चक्कुप्रहार


प्रकाशित मिति : जेष्ठ २, २०८१ बुधबार

UNKs building during daytime

न्युयोर्क सिटीमा टीनएजरमाथि लक्षित हिंसाको लहरको बीचमा बुधबार दिउँसो क्वीन्समा स्कूल नजिकैको सडकमा एक १५ बर्षीय किशोरको टाउकोमा छुरा प्रहार गरिएको छ ।

अगस्ट मार्टिन हाई स्कूलबाट दिउँसो २ बजेर ५० मिनेटमा बाहिर निस्केको केही क्षणमै स्की मास्क लगाएका आक्रमणकारीले पीडितलाई आक्रमण गरेका थिए ।

संदिग्ध व्यक्तिले विद्यार्थीलाई दक्षिण जमैकाको गाय आर ब्रेवर बुलेभार्ड र ११२ औं एभिन्यू नजिकै टाउको र काँधमा चक्कु हानेको प्रहरीले जनाएको छ । घाइतेलाई कोहेन चिल्ड्रेन्स मेडिकल सेन्टरमा लगिएको र स्थिर अवस्थामा उपचार भइरहेको जनाइएको छ ।

के कारणले आक्रमण भयो भन्ने खुलेको छैन । आक्रमणकारी बुधवार रातीसम्म फरार रहेको छ । न्युयोर्क शहरमा मंगलबार पनि चार विद्यार्थीहरूलाई तीनवटा छुट्टाछुट्टै घटनाहरूमा छुरा प्रहार गरिएको थियो ।

गत हप्ता न्युयोर्क सिटीमा भएका हिंसामा दुई टिनएजरको मृत्यु भएको थियो भने कम्तिमा छ जना घाइते भएका थिए। पछिल्लो समयमा न्युयोर्क सिटीमा टिनएजरहरुमाथि आक्रमणका घटना बढेका छन् ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com