न्युयोर्क सिटीका स्टोरमा हुने चोरी रोक्न स्टोरका भिडियो प्रहरीले लाइभ हेर्ने प्रविधि घोषणा


प्रकाशित मिति : जेष्ठ ३, २०८१ बिहीबार

न्युयोर्क सिटीले स्टोरहरुमा हुने चोरी नियन्त्रणका लागि नवीन प्रविधिको घोषणा गरेको छ , जस अन्तरगत व्यवसायहरूले निगरानी क्यामेराका लाइभ भिडियो फिडहरु प्रहरीसँग शेयर गर्नसक्ने भएका छन् । न्युयोर्क सिटीका मेयर एरिक आडम्सले बिहीबार खुद्रा चोरी र अपराध नियन्त्रणका लागि प्रविधि प्रयोग गर्ने एक परीक्षण कार्यक्रमको सुरुवात गरेको घोषणा गरेका छन् ।

मेयर एरिक आडम्सले चोरहरू र संगठित अपराधीहरुको गिरोगहलाई व्यवसायहरूको शिकार गर्न अनुमति दिन नसकिने बताएका छन् । व्यवसायीहरु खुद्रा चोरीको कारणले आम्दानी गुम्ने डर बिना नै न्युयोर्क सिटीका पाँचवटा बरोहरूमा व्यवसायहरू सञ्चालन गर्न सक्षम हुनुपर्ने उनले बताए ।

सार्वजनिक सुरक्षा र खुद्रा चोरी सम्बन्धित घोषणा गर्दै न्युयोर्क सिटीका मेयर मेयर एरिक आडम्स । (माइकल एप्पलटन/मेयरल फोटोग्राफी कार्यालय)

उदाहरणका लागि हार्लमको १२५ औं स्ट्रिटमा रहेको मुश्तारी हार्डवेयरले पछिल्लो दुई हप्तादेखि आफ्नो निगरानी क्यामेरा सीधा न्युयोर्क प्रहरीमा लिङ्क गरेको छ। प्रहरीले ती भिडियोमार्फत चोरी गर्ने जो कोहीलाई पनि देख्न र पहिचान गर्न सक्छ ।

१२५ औं स्ट्रीटका ठूला र साना व्यवसायहरूलाई यो कार्यक्रममा समावेश हुन आमन्त्रित गरिएको छ । यो कार्यक्रम अन्तरगत राउटर जस्तो देखिने बाकस जोडेपछि प्रहरीले त्यहाँका क्यामेरामाहरुमा लाइभ पहुच पाउने छ । यो जोड्ने खर्च स्थानीय सरकारले बेहोर्नेछ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

यो वर्ष हालसम्म न्युयोर्क सिटीभरि खुद्रा चोरीका घटनामा वृद्धि भएको छ। २०२३ को तुलनामा ५ प्रतिशत बृद्धि भइसकेको प्रहरीले रिपोर्ट गरेको छ । पछिल्लो प्रहरी तथ्याङ्क अनुसार २०२४ मा २१ हजार भन्दा बढी खुद्रा चोरीका घटनाहरू रिपोर्ट गरिएका छन्।

त्यसलाई रोक्न स्टोरका क्यामेरामा प्रहरीको पहुच हुने हाईटेक कार्यक्रम क्वीन्समा सुरु भएको थियो । तर अब न्युयोर्क सिटीले हार्लम सहित प्रहरीका थप नौ क्षेत्रमा विस्तार गर्न डेढ मिलियन डलर लगानी गरिरहेको छ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com