ग्रिनकार्डका लागि लेबर सर्टिफिकेशन र ज्याला निर्धारणका लागि लाग्ने अवधि सार्वजनिक


प्रकाशित मिति : जेष्ठ २, २०८१ बुधबार

Washington, DC – ***Official Department of Labor Photograph*** Photographs taken by the federal government are generally part of the public domain and may be used, copied and distributed without permission. Unless otherwise noted, photos posted here may be used without the prior permission of the U.S. Department of Labor. Such materials, however, may not be used in a manner that imply any official affiliation with or endorsement of your company, website or publication.   Photo Credit: Department of Labor Shawn T Moore

अमेरिकाको डिपार्टमेन्ट अफ लेबरले रोजगारमा आधारित ग्रिनकार्ड पिटिसनका लागि स्थायी लेबर सर्टिफिकेशन र प्रचलित ज्याला निर्धारणमा लाग्ने अवधि सार्वजनिक गरेको छ । सन् २०२४ को मे १ सम्म डिपार्टमेन्ट अफ लेबरले डिसेम्बर २०२२ वा अघिको प्राथमिकता मितिहरूसँग लेखा परीक्षण गरिएका केसहरू प्रशोधन गरेको थियो ।

त्यस्तै सन् २०२४ को मे १ सम्म डिपार्टमेन्ट अफ लेबरले अप्रिल २०२३ वा त्योभन्दा अगाडि फाइल गरेका स्थायी लेबर सर्टिफिकेशनका आवेदनहरूको लागि विश्लेषक समीक्षा सञ्चालन गरिरहेको थियो । डिपार्टमेन्ट अफ लेबरले अप्रिल २०२३ भन्दा अगाडि फाइल गरिएका मानक पुनर्विचार अनुरोधहरूमा काम गरिरहेको छ ।

मे २०२४ सम्म डिपार्टमेन्ट अफ लेबरले सन् २०२३ को नोभेम्बरमा फाइल गरिएका व्यावसायिक रोजगार तथ्याङ्क अन्तरगतका प्रचलित ज्याला अनुरोधहरूको लागि प्रचलित ज्याला निर्धारण जारी राखेको थियो । अन्यको भने सन् २०२३ को मार्चमा फाइल गरिएका आवेदनमा प्रचलित ज्याला निर्धारण जारी राखेको थियो ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

एजेन्सीले मे २०२४ सम्म डिसेम्बर २०२३ मा अनुरोध गरिएको स्थायी प्रचलित ज्याला पुन निर्धारण र जनवरी २०२४ मा अनुरोध गरिएको स्थायी प्रचलित ज्याला पुन निर्धारणहरू प्रशोधन गरिरहेको छ। डिपार्टमेन्ट अफ लेबरले मार्च २०२४ मा अनुरोध गरिएका स्थायी केन्द्र निर्देशक समीक्षाहरू पनि प्रशोधन गरिरहेको छ।

अमेरिकामा रोजगारमा आधारित दोश्रो र तेश्रो श्रेणीका ग्रिनकार्डका लागि स्थायी लेबर सर्टिफिकेशनको आवश्यकता पर्नसक्छ । स्थायी लेबर सर्टिफिकेशन स्वीकृत भइसकेपछिमात्र रोजगारदाताले आवेदकका तर्फबाट आई १४० पिटिसन फाइल गर्नसक्छ भने ती श्रेणीका भिसाहरु करेन्ट भएपछि ग्रिनकार्ड आवेदन आई ४८५ पनि फाइल गर्न सकिन्छ ।

 

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com