औद्योगिक प्रतिष्ठानमा काम गर्ने मजदुरले अब हड्ताल गरी काममा अनुपस्थित भएको दिनको पारिश्रमिक नपाउने भएका छन् । व्यवस्थापिका संसदको बिहीबारको बैठकले पारित गरेको ‘औद्योगिक व्यवसाय विधेयक २०७३’ अनुसार अब ‘नो वर्क नो पे’को व्यवस्था लागू हुने भएको कारोबारमा खबर छ ।
‘नो वर्क नो पे’ प्रावधानकै कारण लामो समयदेखि विवादमा तानिएको यो विधेयक राष्ट्रपति विद्यादेवी भण्डारीले प्रमाणिकरण गरेसँगै लागू हुन्छ ।
नयाँ व्यवस्था अनुसार राजनीतिक तथा विभिन्न बहानामा उद्योगलाई प्रभावित पारेर काम नगरे मजदुरले त्यो अवधिको तलब पाउने छैनन् । व्यवसायीले लामो सयमदेखि माग गर्दैै आएको यो व्यवस्था राजनीतिक दलहरुको असहमतिले रोकिँदै आएको थियो ।
के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?
अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।