अमेरिकाले उत्तर कोरियाली क्षेत्रमा पठायो शक्तिशाली लडाकु जहाज


प्रकाशित मिति : माघ १, २०७४ सोमबार

 

माग १, एजेन्सी । अमेरिका र उत्तर कोरियाबीच जारी वाकयुद्धले नयाँ मोड लिने अवस्था देखिएको छ। एक महिनापछि दक्षिण कोरियामा हुन लागेको विन्टर ओलम्पिक भन्दा अगाडि अमेरिकाले उत्तर कोरियामाथि आफ्नो निगरानी बढाउने निर्णय लिएको छ ।

अमेरिकाले गुआम क्षेत्र नजिकै लडाकू विमानको तैनाथी पनि बढाएको छ । यसका अलावा एक एयरक्राफ्ट करियर र युद्धक समुद्री जहाजलाई पनि अमेरिका उत्तर कोरियाको तटीय क्षेत्रमा तैनाथ गरेको छ ।

समाचार एजेन्सी एपीका अनुसार, अमेरिकाको यस कदमको उत्तर कोरियाले निन्दा गरेको छ । उत्तर कोरियाले अमेरिका विन्टर ओलम्पिकसम्म दक्षिण कोरियासँग आफूले सैन्य अभ्यास पनि नगर्ने भनी दिएको बचनको उल‌ंघन गरेको जनाएको छ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

तर अब अहिले अमेरिका आफ्नै कुरालाई लत्याउँदै युद्धको मुडमा देखिएको भन्दै उत्तर कोरियाले अमेरिकाको यस कदमले दुई कोरियाको सम्बन्ध अझ बिग्रने चिन्ता पनि व्यक्त गरेको छ ।

हालै मात्र उत्तर कोरिया र दक्षिण कोरियाका केही अधिकारीबीच वार्ता पनि भएको थियो । यस बैठकमा दुवै देशले विन्टर ओलम्पिकबारे चर्चा गरेका थिए । यो वार्तामा उत्तरले आफ्ना खेलाडी दक्षिण कोरिया पठाउने सहमति जनाएको थियो । अमेरिकाले पनि यो निर्णयको स्वागत गरेको थियो।

तर पछिल्लो साता मात्रै अमेरिकी एयरफोर्सले तीनवटा बी(२ स्प्रिट लडाकु विमानको तैनाथी गुआममा गर्ने निर्णय लिएको थियो । यसका साथै २०० एयरफोर्सका जवानलाई पनि त्यहाँ तैनाथ गराइएको छ। अमेरिकाले यो निर्णय स्थानीय परिस्थिति हेरेर लिएको जनाएको छ।

बी(२ स्प्रिट लडाकू विमान धेरै खतारनाक मानिन्छ । यो विमान आणविक हतियारलाई पनि नष्ट गर्न सक्षम मानिन्छ । साथै दुष्मनलाई नष्ट गर्ने कुरामा यसको प्रतिस्पर्धा अरु जहाजसँग हुनै सक्दैन ।

किन विशेष हो गुआम ?

गुआममा अमेरिकाको एन्डरसन एयर फोर्स बेस रहेको छ । नेभी बेस पनि यहीँ छ । यहाँ करिब ७ हजार अमेरिकी सैनिक आफ्ना परिवारसहित बस्दै आएका छन् । अमेरिकी द्वीपमा बी(५२ बमवर्षकसहित कयौँ लडाकू विमान तैनाथ छन् । यहाँ परमाणु हतियारले सुसज्जित युद्धपोत पनि छन् ।

उत्तर कोरियाको सबै भन्दा नजिकको कुनै अमेरिकी इलाका भनेको गुआम नै हो । दुवैबीच करिब ३४२७ किलोमिटरको दुरी छ । गुआममा करिब एक लाख ६० हजार जनसं‌ख्या छ । यहाँका सबै बासिन्दालाई अमेरिकी नागरिकता दिइएको छ । तर यी मानिसले अमेरिकी चुनावमा भोट भने हाल्दैनन् ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com