नाइट क्लवको तला खस्दा स्पेनमा २६ जना घाइते


प्रकाशित मिति : पुस ३०, २०७४ आईतबार

स्पेनको राजधानी म्याड्रिडमा आइतबार राति एक रात्रिक्लब रहेको एक घरको तल्ला भत्किँदा क्लबमा मनोरञ्जन गरिरहेका २६ जना घाइते भएका स्पेनी अधिकारीले बताउनुभयो ।

स्पेनको राजधानीमा आकस्मिक सेवा प्रबाह गर्नेे सरकारी कार्यालयले दिएको जानकारी अनुसार घटनामा परी घाइते भएका ११ जनालाई नजिकैको अस्पतालमा उपचारका लागि पठाइएको जनाएको छ ।

उनीहरूको ‘शरीरमा नीलडाम लागेका तथा हल्का चोट’ लागेका उनीहरूलाई अस्पताल पठाइएको छ । अन्यलाई घटनास्थलमा नै उपचारपछि घर पठाइएको उक्त संस्थाले जनायो ।

उद्धारमा सम्लग्न उक्त संस्थाले दक्षिण म्याड्रिडको एउटा टोलमा रहेको भवनको दोस्रो तलाको करिब १६ वर्गमिटर भाग खसेको पुष्टि गरेको छ ।

आकस्मिक सेवाका आटुरो दे व्लासले भन्नुभयो, “मनोरञ्जनमा व्यस्त क्लबका केही ग्राहकको टाउकोमा तल्लाको केही भाग खस्दा उनीहरू घाइते भएका देखिएको छ ।”(रासस÷एपी)

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com