परराष्ट्र मन्त्री डा. प्रकाश शरण महतलाई अमेरिकामा ज्ञापनपत्र


प्रकाशित मिति : आश्विन १३, २०७३ बिहीबार

अमेरिकामा रहेका मधेशी समुदायको छाता संगठन एसोसिएन अफ नेपाली तराइन इन अमेरिकाले संयुक्त राष्ट्रसभामा माग लिन अमेरिका भ्रमणमा रहनु भएका परराष्ट्र मन्त्री डा. प्रकाश शरण महतलाई ज्ञापन पत्र बुझाएका छन् । एन्टाका पदाधिकारीले संविधान घोषणा पछि मधेशमा देखिएको समस्या तत्काल समाधान गर्न मन्त्री महतलाई ज्ञापन पत्र बुझाएका हुन् ।

ज्ञापन पज्ञमा वर्तमान सरकारले मधेशको समस्या समाधान गरेर जाने विश्वास समेत व्यक्त गरेका छन्  ।

ज्ञापन पत्रमा मधेश र थारुको समस्यम केवल मधेशी र थारु समुदायको समस्या मात्र नभएको भन्दै यो समस्या मुलुकको समस्या भएको हुनाले गम्भीरता पूर्वक दिर्धकालिन समाधान गरेर जान आग्रह समेत गरेका छन् ।

ज्ञापत पत्रमा वर्तमान सरकार तथा सम्पूर्ण राजनीतिक दलहरु मिलेर संविधान संशोधन गरी मधेशको माग पुरा गर्न समेत आग्रह गरेका छन् ।

एन्टाको नवनिर्वाचित अध्यक्ष सुनिल साहद्धारा हस्ताक्षर गरिएको सो ज्ञापन पत्र कोषाध्यक्ष नविन साह र सदस्य चेत नारायण यावदले मन्त्री महतलाई बुझाएका थिए ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com