लेखा समितिको सभापतिमा एमाले र माओवादीको दाबी


प्रकाशित मिति : आश्विन ११, २०७३ मंगलबार

व्यवस्थापिका संसद अन्तर्गतको सार्वजनिक लेखा समितिको सभापतिमा सरकारको नेतृत्वकर्ता दल नेकपा माओवादी केन्द्र र प्रमुख प्रतिपक्षी दल एमालेले आआफ्नो दाबी प्रस्तुत गरेका छन् । सभामुख ओनसरी घर्तीले सोमबार बोलाएको प्रमुख सचेतकसहित शीर्ष तीन दलको बैठकमा लेखा समितिको सभापतिमा प्रतिपक्षी दल एमालेले पनि आफ्नो दाबी प्रस्तुत गरेको हो । माओवादीका जनार्दन शर्मा ऊर्जा मन्त्री भएपछि रिक्त रहेको लेखा समितिको सभापति आफैले पाउने दाबी माओवादी केन्द्रले गरेको छ भने सरकारको नेतृत्वकर्ता दलले लेखा समिति आफैसँग राख्न नहुने भन्दै एमालेले पनि दाबी गरेको हो ।

दुई दलले सभापतिमा दाबी गरेपछि लेखा समितिको सभापति चयनका लागि निर्वाचनको मिति पनि तय हुन सकेन । बैठकमा सरकारको नेतृत्वकर्ता दल नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक टेकबहादुर बस्नेतले दलीय भागबन्डाका आधारमा यसअघि लेखा समितिको सभापति आफ्नो दलले पाएको भन्दै नेतृत्व छोड्न नसकिने बताएका थिए । माओवादीले लेखा समितिको सभापति छोडे अर्को समिति आफ्नो पार्टीलाई दिइनु पर्ने अडान राखेको छ । तर, नेकपा एमालेले भने लेखा समितिको सभापति प्रमुख प्रतिपक्षी दलले नै पाउनु पर्ने बताएको अन्नपूर्ण पोस्टमा खबर छ । एमाले प्रमुख सचेतक भानुभक्त ढकालले समितिको सभापति प्रतिपक्षी दललाई दिन माओवादी तयार हुनु पर्ने बताए ।

उनले भने,‘सरकारमा सहभागी दलले लेखा समिति राख्नु उचित हुँदैन। त्यसमा उहाँहरुले दाबी गर्नु अशोभनीय छ ।’ ढकालका अनुसार बैठकमा माओवादीले आफ्नो भागमा परेका दुईमध्ये एक लेखा समिति छोडे समितिको संख्या घट्ने बताएको थियो । उसले लेखा समिति छोडे अरु समितिमा नेतृत्व पाउनु पर्ने अडान राखेको छ । यस्तै बैठकमा महाअभियोग अभियोग सिफारिस समिति गठन गर्ने विषयमा छलफल भएपनि कुनै निर्णय भने हुन सकेन । महाअभियोग समिति ११ सदस्यीय हुने संसद नियमावलीमा व्यवस्था छ ।

तर, ११ सदस्यी समितिमा कुन दलका तर्फबाट कति सांसद पठाउने भन्ने विषय टुंगो लागेको छैन । महाअभियोग समितिमा संसदीय सुनुवाइ समितिको जस्तै गरी दलहरुको सांसद संख्याको अनुपातमा प्रतिनिधित्व गराउने सकिने छ । संसद सचिवालयले दलको सांसद संख्याका आधारमा दलहरुले पाउने सदस्यको संख्या टुंगो लगाउने सभामुखका प्रेस सल्लाहकार बबिन शर्माले जानकारी दिए ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com