कांग्रेसमा पौडेल पक्षको यस्तो रणनिती 


प्रकाशित मिति : आश्विन १०, २०७३ सोमबार

सरकारले संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा/संघीय गठबन्धनसँगको परामर्शमा संविधान संशोधन प्रस्ताव अघि बढाउन लागेपछि सत्तारूढ कांग्रेसभित्रै विवाद चर्किएको छ । वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षधरले पार्टीमा सामान्य परामर्शसमेत नगरी सभापति शेरबहादुर देउवाले मुलुकलाई अहित हुने गरी संविधान संशोधनमा सहमति जनाएको भन्दै कडा आपत्ति जनाएको छ ।

पौडेल पक्षले आइतबार आफू पक्षधरको बैठक नै राखी संविधान संशोधनबारे पहिला पार्टीको आधिकारिक धारणा बनाउनुपर्ने अडान लिएको छ । पौडेल पक्षले संविधान संशोधन प्रस्तावमा पार्टीको आधिकारिक धारणा के हो भन्दै सभापति देउवासँग प्रश्नसमेत गरेको छ ।

पौडेल पक्षधर नेताहरूले आइतबार अनामनगरस्थित पौडेलको सम्पर्क कार्यालयमा बैठक गरी संविधान संशोधनको विषयमा असहमति जनाएका हुन् । उनीहरूले पार्टीमा छलफल नै नभएका कारण आफूहरू नै दुविधामा परेको र संस्थागत धारणा राख्नै नसक्ने अवस्था आएको निष्कर्ष निकालेका छन् । ‘कुन–कुन विषयमा संविधान संशोधन गर्ने हो ? पार्टीले पहिल्यै अस्वीकार गरिसकेको मुद्दामा पनि सहमति दिइएको हो कि भन्ने आशंका छ, यस्तो भयो र संस्थागत निर्णय भएन भने स्वीकार्य हुन्न,’ बैठकमा पौडेलको भनाइ उद्धृत गर्दै एक नेताले भने ।

संविधान संशोधनको विषयमा छलफल गर्न र यसबारे पार्टीको आधिकारिक धारणा बनाउन तत्काल केन्द्रीय समितिको बैठक बोलाउनसमेत उनीहरूले सभापति देउवासँग माग गरेका छन् । ‘संविधान संशोधनबारे पार्टीमा सामान्य छलफलसमेत भएको छैन, पार्टी लाइन विपरीत संशोधन गर्ने हल्ला चलेको छ, यसबारे हामीले के भन्ने ? हचुवाको भरमा भन्नुपर्ने स्थिति आएको छ,’ बैठकको निष्कर्ष सुनाउँदै केन्द्रीय सदस्य गुरुराज घिमिरेले भने, ‘त्यसैले, संविधान संशोधनको विषयमा पार्टीको आधिकारिक धारणा बनाउन तत्काल केन्द्रीय समितिको बैठक बोलाउनुपर्छ ।’

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

अंगीकृतलाई पनि राष्ट्रपति, प्रधानमन्त्री, प्रधानन्यायाधीश, मुख्यमन्त्री बन्ने अधिकार दिने, हिन्दी र अंग्रेजी भाषा पनि सरकारी कामकाजी भाषा बनाउने, टीकापुर घटनाको दोषीलाई उन्मुक्ति दिनेलगायतका विषयमा आफूहरू सहमत नहुने निष्कर्ष पनि बैठकले निकालेको छ । यी सबै विषयमा पार्टीभित्र छलफल गरी सर्वसम्मत रूपमा आधिकारिक धारणा बन्नुपर्ने उनीहरूको अडान छ ।

‘यति धेरै गम्भीर विषयमा समेत पार्टीमा छलफल नै नहुनु र पार्टीको आधिकारिक धारणा नआउनु दुःखद हो, यस्तो विषयमा छलफल गर्न केन्द्रीय समितिको बैठक अविलम्ब बोलाइनुपर्छ,’ बैठकको निष्कर्ष छ । पौडेल पक्षधर नेताहरूको बैठकमा सकारले गरेका काम कारबाहीबारे पनि पार्टीमा छलफल हुन नसकेको गुनासो आएको राजधानीमा खबर छ । सरकारको नेतृत्व गरिरहेको दल नेकपा माओवादी केन्द्रसँग कांग्रेसले गरेको सहकार्य, अन्य सत्तारूढ दलहरूसँग समन्वयकारी भूमिकाबारे पनि कुनै जानकारी नभएको पौडेल पक्षको भनाइ छ ।

बैठकमा बोल्ने केही नेताले सरकार सञ्चालनमा माओवादीले एकलौटी गरेको र महत्त्वपूर्ण निर्णय गर्दा कांग्रेस नेताहरूसँग छलफलसमेत नहुने गरेको भन्दै आपत्ति जनाएका थिए । सभापति देउवा माओवादीको लाचार छाया बनेर पार्टीलाई समाप्तिको दिशातिर लैजाने काममा लागेको आरोपसमेत लगाउँदै केही नेताले डटेर प्रतिवाद गर्नुपर्ने धारणा राखेका थिए । सरकार गतिशील र पारदर्शी भए/नभएको बारेमा पनि पार्टीमा कुनै छलफल नभएको उनीहरूको भनाइ छ ।

सरकारले गरेका राजनीतिक नियुक्तिको विषयमा छलफल गर्न पनि केन्द्रीय समिति बैठक जरुरी रहेको उनीहरूको भनाइ छ । भेलामा वरिष्ठ नेता पौडेलसहित कोषाध्यक्ष सीतादेवी यादव, पूर्वमहामन्त्री प्रकाशमान सिंह, डा. रामशरण महतलगायतका नेता सहभागी थिए । यसैगरी दिलेन्द्रप्रसाद बडू, आनन्दप्रसाद ढुंगाना, डा. मीनेन्द्र रिजाललगायतका नेताहरू पनि उपस्थित थिए ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com