चरेस खान इरानदेखि नेपालमा !


प्रकाशित मिति : आश्विन १०, २०७३ सोमबार

इरानी नागरिक भाहिद निक्जामिर पटक–पटक पर्यटन भिसामा नेपाल आइरहन्छन् । पछिल्लोपटक गत १६ साउनमा उनी नेपाल आए । प्राकृतिक मनोरमले उनलाई नेपालप्रति आकर्षित गरेको होइन । नेपालको चरेसले उनलाई आकर्षिक गरेको हो । नेपालको चरेस विश्वकै उच्च गुणस्तरीय हुने भएकाले त्यही चरेस खान उनी पटक–पटक आउने गरेका हुन् । चरेस खान तीन वर्षदेखि नेपाल आउजाउ उनी १६ वर्षदेखि चरेसका अम्मली हुन् ।

तीन वर्षयता नेपालको चरेसले उनलाई मोहित बनाएको थियो । पटक–पटक नेपाल आएर चरेस लिएर जाने उनी यसपटक भने फन्दामा परेका छन् । शनिबार दिउँसो लागुऔषध नियन्त्रण ब्युरो (एनसिबी)को टोलीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट उनलाई एक किलो सात सय ग्राम चरेससहित पक्राउ गरेको छ ।

मुम्बई हुँदै श्रीलंका जान खोज्ने क्रममा उनी पक्राउ परेको एनसिबीका डिएसपी अपिल बोहराले बताए । निक्जामिर बाग्लुङ पुगेर आफैँले उक्त चरेस बनाएका थिए । चरेस गाँजाबाट बन्छ ।

पहाडी जिल्लाको गाँजाको चरेस राम्रो हुने भएकाले उनी आफैँ बाग्लुङ गएर चरेस बनाएका थिए । नेपालको गाँजामा टेट्रा हाइड्रो क्यानाबिनल (टिएचसी) धेरै हुने भएकाले नेपालको चरेस विश्वभर माग हुने गरेको नयाँ पत्रिकामा खबर छ । । उनी पनि नेपाली चरेसको स्वादमा पल्किएका थिए ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

इरान घर भए पनि उनी पछिल्लो समय श्रीलंका र भारतमा बस्न थालेका थिए । चरेसको अम्मली भएकै कारण बुबाले केही पैसा दिएर घर छाड्न लगाएपछि आफू भारत आएको उनले बताएका छन् । एक सांगीतिक ब्यान्डमा उनी ड्रमरका रूपमा काम गर्छन् । उनकी प्रेमिका शुक्रबार स्वदेश फर्किएकी थिइन् । बरामद भएको चरेस आफैँलाई सेवन गर्न उनले लैजान लागेका थिए ।

सुटकेसमा फल्सबटम बनाएर लुकाएको अवस्थामा चरेस बरामद भएको थियो । उनको साथबाट ४ सय ५ ग्राम यार्सागुम्बा पनि बरामद भएको छ । जुन अवैध भएकाले उनलाई वन ऐनअनुसार कारबाही हुने भएको छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com