एमाले अध्यक्ष ओली र माओवादी केन्द्रका प्रचण्ड छलफलको तयारीमा


प्रकाशित मिति : पुस १२, २०७४ बुधबार

काठमाडौं, १२ पुस । एमाले र माओवादीबीच जारी गतिरोध अन्त्य र सरकार निर्माण प्रक्रियालाई तीव्रता दिनेगरी वार्ता अघि बढ्ने भएको छ । एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच बुधबार छलफलको तयारी भएको दुवै जनाको निजी सचिवालयले जनाएको छ । तर समय भने तय भैसकेको छैन । यसअघि पाँच दिनको चितवन बसाईपछि मंगलबार काठमाडौं फर्किएका माओवादी अध्यक्ष प्रचण्डले ओलीसँग हिजै भेट्ने भनिएपनि छलफल हुन सकेको थिएन । आजको भेटमा दुई अध्यक्षबीच पार्टी एकता र सरकार गठनको विषयमा छलफल हुने सम्भावना छ ।

चुनावलगत्तै पार्टी एकीकरण प्रक्रिया सुरु गर्ने भने पनि एमाले अध्यक्ष ओली र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डबीच दुईपटक मात्रै औपचारिक वार्ता भएका छन् । विभिन्न कार्यक्रममा ओली र प्रचण्डले पार्टी एकता छिट्टै हुने भनेपनि लामो समयसम्म दुवै दलबीच औपचारिक संवाद नहुँदा असहमति बढेको आशंका विभिन्न पक्षबाट भएको छ ।

एमाले र माओवादीले असोज तेस्रो हप्ता दुवै पार्टी एकीकरण गर्ने घोषणा गर्दै त्यसको प्रारम्भ चुनावी तालमेलबाट सुरु हुने बताएका थिए । दुई चरणमा भएको प्रतिनिधि तथा प्रदेशसभाका चुनावमा दुवै दलले ४० र ६० को अनुपातमा तालमेल गरेका थिए ।

मंसिर १० र २१ गते भएको चुनावमा प्रत्यक्षतर्फ वामपन्थी गठबन्धनले झण्डै दुईतिहाइ बहुमत ल्याएको छ भने सात प्रदेशमध्ये ६ प्रदेशमा सरकार बनाउने अवस्थामा छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com