म्यादी प्रहरीबाट विदाई भएको दुई दिनमै पूजाले गरिन् अात्महत्या, यस्तो छ उनको अन्तिम स्टाटस सहित हेर्नुहोस्


प्रकाशित मिति : पुस ११, २०७४ मंगलबार

कञ्चनपुरमा एक युवतीले अात्महत्या गरेकी छन् । झलारी-१० घर भएकी पूजा धामीले सोमबार घरमै विष सेवन गरेकी थिइन् । घरमा कोही नभएको बेला विष सेवन गरेको बताइएको छ । अाफन्तहरुले थाहा पाएपछि उपचारको लागि धनगढी ल्याएका थिए ।

अवस्था गम्भीर रहेको भन्दै चिकित्सकहरुले कोहलपुर रिफर गरेका थिए । उपचारको लागि धनगढीबाट कोहलपुरस्थित मेडिकल कलेजमा पुर्याइएको थियो तर भर्ना लिन नमानेपछि नेपालगंज लगियो । चिकित्सकहरुले बचाउन नसकिने भन्दै घर लिन सल्लाह दिएका थिए ।
शुक्लाफाँटा नगर विकास समितिका अध्यक्ष जीवन धामीका अनुसार कक्षा १२ मा

पढ्दै गरेकी पूजा म्यादी प्रहरीमा भर्ना भएकी थिइन् । निर्वाचन सम्पन्न भएपछि यही पुस ७ गते विदाई पूजा भएर घर फर्किएकी थिइन् ।
धामीका अनुसार अाज (मंगलबार) पोस्टमार्टमको लागि महेन्द्रनगरस्थित महाकाली अञ्चल अस्पताल लेखिएको छ । अाजै पूजाको अन्त्यष्टी गरिने बताइएको छ ।
फेसबुकमा पूजाले हिजो अन्तिममा एउटा स्टाटस लेखिकी थिइन् ।
१९ वर्षीय ‘अाकाशमा चम्किने तारा बनिदिन्छु एकदिन, अनि तिमि हेरिमात्र रहँनु’ पूजाले अन्तिम स्टाटस लेखिकी छन् ।


पूजाले अात्महत्या गर्नुको कारण भने खुलेको छैन

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com