ग्वालीचौरमा आयो एम्बुलेन्स, यातायात अभावमा बिरामीले ज्यान गुमाउनु नपर्ने


प्रकाशित मिति : पुस ९, २०७४ आईतबार

पुस ९ बाग्लुङ, ग्वालीचौर समाज कल्याण केन्द्र, बडिगाड गाँउपालिका ५ ग्वालीचौरले सञ्चालन गरेको एम्बुलेन्स अभियानले पूर्णता पाएको छ ।
नेपाल सरकारको भन्सार छुटमा एम्बुलेन्स ग्वालीचौर आर्इ सेवासमेत सुरु भइसकेको संस्थाका सचिव प्रदिप खरेलले जानकारी दिए ।गाँउगाउमा एम्बुलेन्स अभावकै कारण समयमा उपचार सेवा पाउनबाट बञ्चित हुने स्थानीयहरुको समस्यालार्इ मध्यनजर गर्दै बिशेष अभियान नै चलाएर सो काम गर्न सफल भएको खरेलले बताए । उनका अनुसार संस्थाको कार्यलार्इ समर्थन गर्दै १८ लाख रुपैया रकम बोल भएको र त्यसमध्ये करिब १४ लाख रुपैया संस्थाको खातामा जम्मा भइसकेको छ । उनले अब ४ लाख रुपैया संस्थाको खातामा जम्मा हुन बाँकी रहेकोले बोल रकम तत्काल ग्लोवल आइएमइ बैंकमा रहेको संस्थाको खातामा जम्मा गरीदिन पनि आग्रह गरे ।

ग २ च ६७४९ नम्बरको टाटा सुमो एम्बुलेन्स ग्वालीचौर आइसकेको छ ।
नेपाल सरकारबाट भन्सार छुट भएको सो एम्बुलेन्स ल्याउन अहिले सम्म १३ लाख रुपैया खर्च भएको उनले बताए ।

यस एम्बुलेन्सले बाग्लुङ्गको बडिगाड गाँउपालिका, ढोरपाटन नगरपालिका तथा गुल्मीको मुसिकोट नगरपालिकामा सेवा पुर्याउने लक्ष्य राखेको छ ।

केही दिनभित्र नै सो एम्बुलेन्स सेवाको औपचारिक रुपमा उद्घाटन गरीने उनले बताएका छन् । यस क्षेत्रमा राम्रो अस्पताल अभावका कारण एम्बुलेन्स सेवाको सञ्चालनबाट यस क्षेत्रका अधिकांश मानिस लाभान्वित हुने बताइएको छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com