झापामा सडक दुर्घटनामा एक महिलाको मृत्यु, श्रीमान् र छोरा गम्भीर घाइते


प्रकाशित मिति : पुस ९, २०७४ आईतबार

पुस ९, भद्रपुर ९झापा०स् पूर्व–पश्चिम राजमार्गअन्तर्गत झापाको धुलाबारीमा यात्रुवाहक बसले मोटरसाइकललाई ठक्कर दिँदा एक महिलाको मृत्यु भएको छ। उनका श्रीमान् र छोरा घाइते भएका छन्। मेचीनगर– ६ की ४२ वर्षकी ऋतु प्रधानको मृत्यु भएको इलाका प्रहरी कार्यालय काँकडभिट्टाले जनाएको छ। काँकडभिट्टाबाट धरानतर्फ जाँदै गरेको को १ ख २२०३ नम्बरको यात्रुवाहक बसले मे६प ६५८ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो। धुलाबारी चोकबाट सडक काट्ने क्रममा बसले ठक्कर दिँदा मोटरसाइकलमा सवार ऋतुसहित उनका श्रीमान् नवराज र छोरा निशान गम्भीर घाइते भएका थिए। घाइतेमध्ये ऋतुलाई उपचारका लागि अस्पताल लैजाने क्रममा बाटैमा मृत्यु भएको प्रहरीले जनाएको छ। मृतकका श्रीमान् र छोराको स्थानीय अस्पतालमा उपचार भइरहेको छ। ठक्कर दिने बससहित चालकलाई इलाका प्रहरी कार्यालय धुलाबारीले नियन्त्रण लिएको जनाइएको छ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com