एसियाकै अब्बल न्युरो सर्जन डा.उपेन्द्र देवकोटालाई पित्तथैलीसम्बन्धी क्यान्सर, बेलायतमा उपचार हुँदै


प्रकाशित मिति : पुस ९, २०७४ आईतबार

पुस ९ काठमाडौं– वरिष्ठ न्युरोसर्जन डा. उपेन्द्र देवकोटालाई पित्त्तथैली सम्बन्धी क्यान्सर भएको छ। पित्तथैली र पित्तनली वरिपरिको क्षेत्रमा हुने यस्तो क्यान्सरलाई मेडिकल भाषामा कोलान्जिओकार्सिनोमा भनिन्छ।

डा. देवकोटाको बेलायतस्थित किंग्स कलेज अस्पतालमा उपचार भइरहेको छ। उनको पित्तथैली र नली वरिपरि क्यान्सर फैलिएका कारण शल्यक्रिया समेत गर्न नसक्ने अवस्था रहेको बताइएको छ। अस्पतालले डा. देवकोटालाई केमोथेरापी दिएर आवश्यक उपचार गर्ने प्रक्रिया अगाडि बढाएको छ।

डा. देवकोटा नेपालमा नै बिरामी भएपछि उपचारका लागि लन्डन पुगेका हुन्। लन्डन जानुअघि उनलाई जन्डिसको लक्षण देखिएको थियो। त्यसपछि उनले नेपालमै आवश्यक स्वास्थ्य परीक्षणसमेत गरेका थिए। परीक्षणका क्रममा क्यान्सर देखिएपछि उनी थप उपचारका लागि लन्डन पुगेका हुन्। उनी ३ साताअघि श्रीमती डा मधु दीक्षित देवकोटासँग लन्डन गएका हुन्।

पित्तथैली कलेजोभन्दा ठिक तल र सानो आन्द्रासँग जोडिएको हुन्छ। कलेजोले उत्पादन गरेको पित्त पित्तनली हुँदै पित्तथैलीमा जम्मा भएको हुन्छ। पित्तले खाना र त्यसमा रहेको चिल्लो पदार्थ पचाउने काम गर्छ। पित्तथैली, पित्तनली तथा यसको वरिपरि क्यान्सर हुनु भनेको खतराको अवस्था हो। यसको प्रमुख उपचार भनेको शल्यक्रिया नै हो। शल्यक्रिया गर्न नमिल्निे अवस्थामा केमोथेरापीबाट उपचार हुन्छ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

६३ वर्षीया डा देवकोटा एसियाकै अब्बल न्युरो सर्जनका रुपमा चिनिन्छन्। उनी मंसिर १० गतेको निर्वाचनको समयमा गोरखामा गएर भाषण गरिरहेका थिए। त्यही क्रममा उनलाई जन्डिसको लक्षण देखिन थालेको थियो।

डा. देवकोटाको अवस्था गम्भीर रहेको खबर प्राप्त भएपछि नेपालमा उनको स्वास्थ्य लाभको कामनासहित पशुपति मन्दिर अगाडि आइतबार दीप प्रज्ज्वलन गरिएको छ। वरिष्ठ प्रसूति तथा स्त्रीरोग विशेषज्ञ डा. भोला रिजाल तथा उनकी पत्नी सरला रिजालको अगुवाइमा दीप प्रज्ज्वलन कार्यक्रम भएको हो।

डा. रिजालले हजारौँ नेपाली बचाउने डाक्टर देवकोटा बिरामी भएको खबर आएपछि शीघ्र स्वास्थ्यलाभको कामनाका लागि दीप प्रज्ज्वलन कार्यक्रम गरिएको बताए।

डा. रिजालले भने, ‘उहाँको स्वास्थ्य गम्भीर छ भन्ने सुनेकाले उहाँलाई छिट्टै निको होस् भन्ने कामनासहित सामूहिक दीप प्रज्ज्वलन गरेका हौं।’ दीप प्रज्ज्वलन कार्यक्रममा ५० भन्दा बढीको सहभागिता थियो।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com