बोटेको डुंगा चलाउने पेशा संकटमा


प्रकाशित मिति : पुस ९, २०७४ आईतबार

पुस ९ पाल्पा । कालीगण्डकीका विभिन्न घाटमा डुंगा चलाएर जीविकोपार्जन गर्दै आइरहेका बोटे समुदायको पेशा संकटमा परेको छ ।

कालीगण्डकीको डुंगा सञ्चालन हुने विभिन्न घाटमा अहिले धमाधम पुल निर्माण हुन थालेपछि उनीहरुको पेशा संकटमा परेको हो । बिहान उज्यालो भएदेखि राति अबेरसम्म कालीनदीका विभिन्न घाटमा आजभन्दा दुई दशक अघिदेखि सञ्चालनमा आएको डुंगा अहिले भने पूर्णरुपमा विस्थापित हुन पुगेको छ ।

बोटे समुदायको पहिचानका रुपमा रहेको डुंगा चलाउने पेशा विभिन्न घाटमा पुल बन्न थालेपछि पेशा नै विस्थापित भएको हो । कालीगण्डकीको आँधिघाट, खोरियाघाट, केलादीघाट, पुट्टारघाट, घुमारीघाट, भुजातघाट, असेर्दीघाट, बालीघाटलगायतका विभिन्न दर्जनौँ घाटमा डुंगा सञ्चालनमा थियो । तर अहिले यी घाटमा झोलुंगे तथा पक्की पुल बनेपछि बोटे समुदायको डुंगा चलाउने पेशा नै खोसिएको छ । रामपुर नगरपालिका–३ बोटेगाउँ बस्ने ८० वर्षीय नरबहादुर बोटेले कालीगण्डकीको केलादीघाटमा ३५ वर्षसम्म डुंगा चलाउनुभयो । अहिले सोहीघाटमा झोलुंगे तथा पक्की पुल बनेपछि पेशा नै खोसिएकोमा चिन्ता व्यक्त गर्नुहुन्छ ।

उमेरले डाँडापारिको घाम बन्दै जानुभएका बोटे बाउबाजेले परम्परादेखि नै गर्दै आइरहेको डुंगा चलाउने पेशा खोसिदा बोटे समुदायको चिनारी नै हराउँदै गएकोमा उहाँ चिन्तित बन्नुभएको छ । त्यस्तै अर्का ७२ वर्षीय विष्णुबहादुर बोटेले पनि लामो समयसम्म सोही घाटमा डुंगा चलाउनुभयो । वर्षायामको भेल पनि नभनी जोखिम मोलेर यात्रुलाई सुरक्षित तवरले नदी वारिपारी डुंगा तार्ने काममा उहाँ निकै सिपालु हुनुुहुन्थ्यो ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

“केलादी घाटमा दिनमा दुई वटा डुंगा नियमित चल्थ्यो एकछिन पनि फुर्सद हुन्नथ्यो, जनताको सेवा गर्न पाउँदा निकै रमाइलो लाग्थ्यो” उहाँले भन्नुभयो । दैनिक ३०० सम्म यात्रुलाई नदी वारपार गराउँदै आएको बोटेको भनाइ छ । ६२ वर्षीय बुद्धबहादुर बोटे डुंगा चलाउने पेशा खोसिएपछि अहिले कृषि कार्यमा लाग्नुभएको छ । “आफूले गर्दै आइरहेको पेशा खोसियो, बच्चाबच्ची हुर्काउन पढाउन प¥यो, अहिले कृषि कार्य गरेर जीविका चलाउँदै आएको छु” उहाँले भन्नुभयो । उहाँले १५ वर्ष जति कालीगण्डकीका विभिन्न घाटमा डुंगा चलाउनुभयो ।

आफ्नो गरी खाने पेशा खोसिएपछि खिमबहादुर बोटे १५ वर्ष जति विदेशमा रोजगारीका निम्ति बस्नुभयो । “आफूसँग भएको सिप डुंगा चलाउनुबाहेक अरु केही थिएन, पेशा बन्द भयो लामो समयसम्म आम्दानीका लागि मरुभूमिमा बसे” उहाँले भन्नुभयो । डुंगा चलाउन सिपालु युवापुस्तका अर्का कृष्णबहादुर बोटे पनि अहिले घरायसी कामकाज कृषि कार्यमा तल्लीन हुनुुहुन्छ । यहाँ अहिले बोटे समुदायभित्र झण्डै ३६ घरपरिवार रहेका छन् । कालीगण्डकीका विभिन्न घाटमा छरिएर डुंगा चलाएर राम्रैसँग गुजारा चलाउने गर्थे । धमाधम विभिन्न घाटमा पुल निर्माण कार्यले समुदायको राम्रो पहिचान बनेको पुर्खौली पेशा नै लोप हुन थालेपछि समुदायका पाकापुस्ताले चिन्ता व्यक्त गरिरहेका छन् । रासस

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com