प्रहरीको गोलीबाट मारिएका म्यादी प्रहरीलाई शहीद घोषणा गर्नुपर्ने माग राख्दै काठमाडौँमा प्रदर्शन
प्रकाशित मिति : पुस ८, २०७४ शनिबार
पुस ८ काठमाडौँ, कालीकोटमा प्रहरीको गोली लागि मारिएका म्यादी प्रहरी विवेक ऐडीलाई शहीद घोषणा गर्न माग गर्दै प्रदर्शन गरिएको छ ।
गोली प्रहार गर्नेलाई कारबाही गर्नुपर्नेलगायत माग गर्दै कर्णाली अञ्चलका युवाले आज माइतीघर मण्डलामा प्रदर्शन गरेका हुन् । तलबको विषयलाई लिएर म्यादी प्रहरीले गरेको शान्तिपूर्ण जुलुशमा प्रहरीले गोली चलाउँदा शुक्रबार शान्नित्रिवेणी गाउँपालिका–४ का म्यादी प्रहरी ऐडीलाई लागी गम्भीर घाइते भएकामा उपचारको क्रममा मृत्यु भएको थियो ।
सोही अवसरमा नेकपा ९एमाले०कालीकोटका अध्यक्ष नेशनल शाही, नेकपा ९माओवादी केन्द्र० कालीकोटका जिल्ला सदस्य खेमबहादुर सिंहले र अनेरास्ववियू क्रान्तिकारीका केन्द्रीय सदस्य तिलक उपाध्यायलगायतले मृतक ऐडीलाई शहीद घोषणा गरेर क्षतिपूर्ति उपलब्ध गराउन र घटनामा संलग्नलाई कारबाही गर्न माग गरेका छन् ।





