फर्जी कागजपत्रका आधारमा ग्यास उद्योग स्थापना


प्रकाशित मिति : पुस ८, २०७४ शनिबार

पुस ८ काभ्रे — प्रचलित मापदण्ड मिचेर फर्जी कागजपत्रका आधारमा बनेपा १ ९साविक टुकुचानाला ३० मा उग्रचण्डी ग्यास उद्योग स्थापना गरिएको छ ।

फर्जी कागजातको आधारमा गाविसले पनि चारकिल्ला प्रमाणित गरिदिएर स्थापनाको लागि सहमति दिएपछि स्थानीय सर्वोच्च अदालत गएका थिए । तर, मुद्धा विचाराधीन भएपनि उद्योगले ग्यास बजारमा ल्याइसकेको छ ।

नेपाल आयल निगमको एलपी ग्यास विनियमावली, २०६५ ९संशोधनसहित० मा गाउँ बस्तीभन्दा ५ किलोमिटर र अरु उद्योग रहेको स्थानबाट ५ किलोमिटर हुनुपर्ने उल्लेख भए पनि सो उद्योग इन्द्रशोभा प्रावि र बस्तीबाट ५ सय मिटरको दुरीमा छ । उक्त उद्योग बनेपामा रहेका ३ ग्यास उद्योगबाट करिब १ किलोमिटरको दुरीमा छ ।

उद्योगको नक्सापास पनि फर्जी छ । चारकिल्ला प्रमाणित पनि गाविसले फर्जी विवरणको आधारमा गरेको हो । उद्योगको जग्गामा खोला र बाटो जोडिएको भए पनि नक्सामा त्यो नदेखाइ अन्य सधियारबाट प्रमाणित गराइएको छ । तत्कालीन गाविस सचिव धु्व्रबहादुर श्रेष्ठले भने स्वीकृति नदिएको दाबी गरे । ‘घरेलु कार्यालयबाट आएको पत्रको जवाफ मात्रै लेखेका हौँ, स्वीकृति दिएका छैनौँ,’ उनले भने, ‘उद्योग स्थापना गर्न उपयुक्त छ भनेर राय दिएको छैन ।’ उनले ‘साधसधियार’ भनेकाले व्यक्तिको जग्गा उल्लेख गरेर पठाएको दाबी गरे ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

उद्योग स्थापना गर्नु अघि सार्वजनिक सुनुवाइ गर्नुपर्ने बाध्यकारी व्यवस्था भए पनि त्यसो गरिएको छैन । ‘पटकपटक आग्रह गर्दा पनि सार्वजनिक सुनुवाई भएन,’ टुकुचा तथा नाला उग्रचण्डी नाला संयुक्त संघर्ष समितिका अध्यक्ष विश्वराम श्रेष्ठले भने, ‘उद्योगीले निर्माण थालिसकेपछि तेस्रो पटक निवदेन दिँदा बल्ल सुनुवाई भयो तर प्रतिवद्धता अनुसारको काम भएन ।’ उनले सर्वोच्चमा मुद्धा विचाराधीन भएकाले स्थानीयको सल्लाहमा थप कदम चाल्ने बताए ।

२०७४ जेठ २१ गते भएको सार्वजनिक सुनुवाईमा उद्योगी कृष्णभक्त श्रेष्ठले मापदण्ड विपरित भए केही समय निर्माण नथाल्ने र स्थानीयको निर्णय पर्खने बताएका थिए । तर उनले संरचना निर्माणलाई तीव्रता दिए र उत्पादन पनि बजार गइसकेको छ । श्रेष्ठले मापदण्ड पुराएर स्वीकृति लिएरै काम थालेको बताए । ‘मापदण्ड पूरा गरेरै स्थापना गरेको हुाँ,’ उद्योगी श्रेष्ठले दाबी गरेका थिए ‘मेरो अण्डरग्राउण्ड स्टोरेज हुने भएकाले बस्तीलाई कुनै असर छैन ।’ उनले अन्डरग्राउण्डको लागि छुट्टै मापदण्ड हुने दाबी गरे । नेपाल आयल निगमको एल। पी ग्यास बिनियमावली, २०६५ ९संशोधनसहित० मा भने सो बारे कुनै उल्लेख छैन ।

गाविस सचिव, घरेलु कार्यलय र उद्योगीको मिलेमतोमा मापदण्ड पुरा नगरी उद्योग स्थापना गर्न लागिएको स्थानीयले आरोप लगाउँदै आएका छन् । जनताको ज्यान माथि खेलबाड गरेर उद्योग स्थापना भएकालेले हामी अदालत गएका हौँ,’ स्थानीय निराजन थापाले भने,‘उद्योग स्थापनाको विरोधी हैनौँ तर न्युनतम मापदण्ड त पुरा गर्नुपर्यो नी ।’ अदालतले अन्तरिम आदेश नदिए पनि पेशी सरिरहेको छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com