म्याग्दीको तिप्ल्याङमा आगलागी, लाखौँको क्षति


प्रकाशित मिति : पुस ८, २०७४ शनिबार

म्याग्दी, ८ पुस । म्याग्दीको रघुगंगा गाउँपालिका–१ तिप्ल्याङमा शनिवार दिउँसो भएको अगलागीबाट दुई वटा घर जलेर नष्ट भएको छ । दिउँसो करिब ३ बजे अचानक आगलागी हुँदा स्थानीय बेगबहादुर पुर्जा र राजकुमारी तिलिजाको १र१ वटा घर जलेर नष्ट हुँदा लाखौँको क्षती भएको छ । बेगबहादुर पुर्जाको घरसंगै जोडिएको फर्निचरमा विद्युत सर्ट भएर आगलागी भएको हुनसक्ने अनुमान गरिएको छ ।

गलागीबाट पुर्जाको फर्निचर र कुटानी पिसानी मिल समेत जलेर नष्ट भएको छ भने उनको घरभित्र रहेको लत्ताकपडा, खाद्यान्न, भाँडाकुडा लगायतका सबै सामान जलेर नष्ट भएको घटनास्थलमा रहेका युवा जिवन कार्कीले बताउनुभयो ।

आगलागीबाट पुर्जाको फर्निचरमा मात्रै करिब रु ८ लाख बराबरको काठ र समाग्री जलेको छ । त्यस्तै घरभित्र रहेको ३ तोला सुन र रु २ लाख नगद समेत जलेको पीडित पुर्जाले बताउनुभयो । त्यस्तै आगलागीबाट पुर्जाको घरसंगै रहेको स्थानीय राजकुमारी तिलिजा घरमा समेत जलेको छ ।

उहाँको घरको आधाभन्दा बढी भाग जलेको अवस्थामा स्थानीयबासी, सडकमा काम गर्ने मजदुर , युवाहरु र प्रहरीले आगोलाई नियन्त्रणमभा लिएका हुन् । आगलागीबाट तिलिजाको कुखुराको खोरमा रहेका २० वटा कुखुरासहित खोर समेत जलेर नष्ट भएको छ । अहिले प्रहरीले घटनास्थलमा पुगेर क्षतिको विवरण संकलन गरिरहेको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com