आमालाई २ तोला सुनको सिक्री बनाईदिन्छु भन्दै विदेशीएको खड्गबाहादुर बाकसमा फर्केपछि


प्रकाशित मिति : पुस ८, २०७४ शनिबार

पैसा कमाउन कतार पुगेका खड्गबहादुर बाकसमा फर्किएउनको परिवारमा बुवा दिलबहादुर, आमा आइतमाया, ३१ वर्षे श्रीमती र दुई छोरा छन् ।
पैसा कमाउन गएको छोरो कहिले फर्किएला ? र आफ्ना सुःखका दिन सुरु होलान् भन्ने आशामा बसेकी आमा आइतमाया भन्छिन्, ‘छोराले धेरै कमाउँला ? भन्ने सोचेकी थिएँ, तर बाकसमा पो फर्कियो ।’ खड्ग कतारमा सेक्युरिटी सर्भिसमा काम गर्थे ।

काम गर्दा गर्दै अचानक हर्टअट्याक भएर गत मंसिर ८ गते उनको मृत्यु भएको शव बुझाउन आएका साथी विष्णु गुरुङले बताए । शव ल्याउने प्रक्रियामा ढिलाई हुँदा ढिलो मात्र शव ल्याउन सकिएको मृतकका भतिजा धनसुन्दर लिम्बुले जानकारी दिए ।अप्रवासी कामदारमाथि शोषण भएको आरोप लागिरहेका बेला कतार सरकारले विदेशी कामदारको न्युनतम पारिश्रमिक तोकेको हो।

कतारका विकास प्रशासन, श्रम तथा सामाजिक मामिलामन्त्री इसा अल नउमीले विदेशी कुटनीतिज्ञ सामु न्युनतम पारिश्रमिकको घोषणा गरेका हुन्।अब रोजगार सम्झौताअनुसार विदेशी कामदारको न्युनतम तलब ७ सय ५० भन्दा कम हुने छैन।

कसैले त्योभन्दा कम मूल्यमा सम्झौता गरेमा हामी त्यसलाई स्वीकृत गर्दैनौं, सबै सम्झौताहरु अब मन्त्रालयले नै स्वीकृत गर्नेछ’, उनले भनेका छन्। यो तलब अस्थायी भएको र आगामी दिनमा यसलाई समीक्षा गरी सुधार गर्ने उनले बताएको गण्डकीअनलाइनले जनाएको छ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com