काठमाडौंमा भयो भयानक दुर्घटना


प्रकाशित मिति : पुस ८, २०७४ शनिबार

काठमाडौँ महानगरपालिका ३, चक्रपथको सुकेधारामा आज बिहान सवादश बजे ट्रिपर र मोटरसाइकल ठोक्किदा घटनास्थलमै १ जनाको ज्यान गएको छ भने एक जना घाइते भएका छन् ।
एकै दिशाबाट नारायणगोपाल चोक तर्फ जाँदैगरेको बा ४ ख ६२७० नम्बरको ट्रिपर र बा ३४ प ४२८१ नम्बरको रातो पल्सर ठक्कर खाएका थिए ।
मृत्यु हुनेमा गोर्खा जिल्ला फुजेल ७ घर भई बालाजु बस्दै आएका २२ बर्षिय सन्तोष श्रेष्ठ रहेको महानगरीय प्रहरी वृत्त महाराजगंजका प्रमुख प्रहरी नायव उपरीक्षक योगेन्द्र सिंह थापाले जानकारी दिएका छन् ।

घाईते निरज राउत को टिचिंग हस्पिटलमा उपचार भईरहेको छ ।ट्रिपर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
कसरी भयो घटना ?

नारायणगोपाल चोक तर्फ ट्रिपर अत्यधिक गतिमा जाँदै थियो । साथै सोहि दिशा तर्फ मोटरसाइकल पनि अत्यधिक गतीमा थियो । दुबै सवारी अत्यधिक गती भएपछि मोटरसाइकल ट्रिपरको बाँयापट्टी ठोक्किन पुग्यो ।

मोटरसाइकल चालकको टाउको ट्रिपरको बाँया पट्टीको भागमा नराम्रो सँग ठोक्कियो र हेल्मेट पनि फुटेर टाउँको समेत फुट्न पुग्यो । पछाडि सवारलाई पनि गम्भिर चोट लाग्न पुग्यो ।
घटना लगत्तै ट्रिपर चालक भाग्न खोजेका थिए । सोहि बेला स्थानिय र प्रहरीको सहायतामा ट्रिपर चालक पक्राउ परे भने घाइतेलाई तुरुन्तै टिचिङ अस्पताल पु¥याइयो । चालकको भने घटनास्थलमै ज्यान गयो ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com