विवाद हुँदा तीन वडाध्यक्ष सहित १४ जनप्रतिनिधिले दिए राजिनामा


प्रकाशित मिति : पुस ८, २०७४ शनिबार

गाउँपालिकाको केन्द्रका विषयमा असहमती जनाउँदै खोटाङको दिप्रुङ गाउँपालिकाका तीन वडाध्यक्ष सहित १४ जनप्रतिनिधिले राजीनामा दिएका छन्। सछितापोखरीको तृतिय भञ्ज्याङमा प्रस्तावित केन्द्रलाई सछितापोखरीको नाराङ्गा वा डाँडागाउँ ओख्रेमा सार्नुपर्ने पक्षमा दिप्रुङ गाउँपालिका–१ याम्खाका वडाध्यक्ष शमशेरबहादुर खत्री, दिप्रुङ गाउँपालिका–२ डाडाँगाउका वडाध्यक्ष भिमबहादुर खत्री र दिप्रुङ गाउँपालिका–७ टेम्माका वडाध्यक्ष धनबहादुर मगरसहित १४ जनप्रतिनिधिले संयुक्त राजीनामा दिएका हुन्। गाउँपालिकाको केन्द्र टुंग्याउने विषयमा बिहिबारदेखि सुरु भएको छलफलमा छोरम्बु, बतासे, सछितापोखरी र छितापोखरीका वडाका जनप्रतिनिधि सछितापोखरीको ह्याकुले भञ्ज्याङदेखि तृतिय भञ्ज्याङसम्मको क्षेत्रमा केन्द्र राखिनुपर्ने अडान लिएपछि उनीहरुले शुक्रबार साँझ राजीनामा दिएका हुन्।

जनप्रतिनिधिको एक समूह सछितापोखरीको ह्याकुलेदेखि तृतिय भञ्ज्याङ आसपासमा तथा अर्को समूह नाराङ्गा वा डाँडागाउँ ओख्रेमा केन्द्र राख्नुपर्ने पक्षमा बिभाजित भएर विबादमा उत्रिएपछि निष्कर्ष बिहिन बनेको बैठक गाउँपालिकाका प्रमुख भूपेन्द्र राईले पुस १० गतेसम्मका लागि स्थगित गरेको सूचना टाँस गरेका छन् । राज्य पुनसंरचना आयोगले भने दिप्रुङ गाउँपालिकाको केन्द्र सछितापोखरी तृतिया भञ्ज्याङ तोकेको थियो । हाल सोही स्थानबाट गाउँपालिकाको कामकाज सञ्चालन हुँदैआएको छ । तृतिया भञ्ज्याङकै आसपासमा रहेको ह्याकुले भञ्ज्याङमा केन्द्रका लागि १११ रोपनी जग्गा समेत प्राप्त भइसकेको माओबादी केन्द्रका नेता दिपक पाण्डेले बताए ।

स्थानीय सरकार शासन सञ्चालन सम्बन्धी ऐन २०७४ अनुसार गाउँपालिकाको केन्द्र र नाम ६ महिनामा टुङ्गो लगाईसक्नु पर्ने प्रावधान अनुसार गाउँपालिकाले छलफल थालेको थियो। ‘केन्द्रका विषयमा भएको बिवाद नटुंगिएकाले बैठक रोकिएको छ,’ गाउँपालिका प्रमुख राईले भने, ‘राजनीतिक दल र असन्तुष्ट पक्षलाई समेट्न प्रयास गर्दा पनि नभए विधि र प्रक्रिया अनुसार केन्द्रको टुङ्गो लगाईनेछ।’ दिप्रुङ गाउँपालिका घर भएका कांग्रेस महासमिति सदस्य बिष्णुकुमार राईले सहमतीमा सबैको पायक पर्ने ठाउँमा केन्द्र राख्नका लागि सहमती कायम गर्नुपर्ने बताए।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com