जीवन रहेसम्म इमानका साथ काम गर्छु– केपी शर्मा ओली


प्रकाशित मिति : पुस ८, २०७४ शनिबार

पूर्वप्रधानमन्त्री कृष्णप्रसाद भट्टराईको ९४ औं जन्मजयन्तीलाई ललितपुरमा शनिबार सम्बोधन गर्दै ओलीले जीवन रहेसम्म इमानका साथ काम गर्ने उल्लेख गरे । पूर्वप्रधानमन्त्री कृष्णप्रसाद भट्टराईको ९४ औं जन्मजयन्तीको अवसरमा आयोजित सभामा सहभागी केपी शर्मा ओलीले आफ्नो आयुको चिन्ता कहिल्यै नलिने बताएका छन् ।


‘११ वर्षअघि किड्नी फेरेको, कहिले निमोनिया, कहिले मेनेन्जाइटिस भएर गयो–गयो भन्नेजस्तो भए पनि,’ उनले भने, ‘सबैको आयुको सिमा हुन्छ, असीमित आयु कसैको छैन, मेरो पनि आयुको सीमा छ, तर आयुको विषयमा म चिन्ता गर्दिन ।’ अध्यक्ष ओलीले आयु, ज्ञान, सामर्थ्य सीमित भए पनि आफू इमानको सीमा राख्नुपर्छ भन्ने पक्षमा नरहेको बताए । ‘सम्पूर्ण इमानका साथ काम गर्नुपर्छ, इमानको सीमा हुँदैन,’ उनले भने, ‘राजनीतिमा यतिसम्म चल्छ, राजनीतिमा यति बेइमानी गर्न मिल्छ भनेर ठाउँ राख्दिनँ ।’ विकास भनेको बाटो, बिजुली, सञ्चार र शिक्षामात्र नभई इतिहासको संरक्षण पनि रहेको उनको भनाइ थियो । ओलीले चुनावका बेलामा दलहरुबीच मनमुटाव रहनु स्वभाविक रहेको भन्दै विकासका लागि सबै दल एक हुनुपर्नेमा जोड दिए ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com