आमालाई खुशी नबनाएको भन्दै दुई श्रीमतीको हत्या


प्रकाशित मिति : पुस ८, २०७४ शनिबार

भारतको जयपुर प्रहरीका अनुसार हालै घटेको एक विभत्स घटनामा एकजना मान्छेले उसकी आमालाई खुशी नराखेको निहुँमा आफ्ना दुई श्रीमतीलाई जलाएर मारेको छ।

प्रहरीको अनुसार आरोपी दीपारामले गत मंगलवार आफ्ना दुई श्रीमतीहरु दरीयादेबी (२५) र मालीदेबी (२७) लाई गहना किनिदिने वहानामा आफ्नो गाडीमा राखेर लगेका थिए ।

अतिरिक्त प्रहरी महानिरीक्षक जलोर बिन्जा रामको अनुसार केही घरायसी कुराले गर्दा निज आफ्ना श्रीमतीहरुसँग खुशी थिएनन् र उनीहरुले सासूलाई खुशी राख्न नसकेको दावी गरेका छन्।

“गुडिरहेको गाडीमा उनले श्रीमतीहरुसँग झगडा गरे । जब गाडीले सन्तुलन गुमायो उनले गाडी रोके,” प्रहरीले भने,
“त्यसैबेला उनकी एक श्रीमती स्थानीय व्यक्तिबाट सहयोग माग्न गाडीबाट ओर्लिन् तर उनले श्रीमतीलाई गाडीभित्र धकेले र गाडीलाई त्यहाँबाट टाढा लगे।”

केही पर पुगेपछि उनी गाडीबाट बाहिर निस्किए र गाडीमा आगो लगाइदिए। दुई श्रीमतीहरु जलेर खरानी भए ।
उक्त अभियुक्त गुजरातमा मजदुरी गर्छन् र तीन सन्तानका बाबु हुन् ।

उनले अपराध स्वीकारेका छन्। अहिले उनी प्रहरी हिरासतमा छन्।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com