दुखि र गरिबको लास जलाउदा भाबुक हुन्छु तर नेताको लास जलाउदा स्वाद लाग्छ ! आखिर किन यस्तो भन्छन यी


प्रकाशित मिति : पुस ८, २०७४ शनिबार

मानिसहरु मानिस बेचिरहेका छन् तर मानिसहरु नै मौन छन् । देशका गाँउ गाँउमा दलालहरु बिटाका बिटा पैसा बोकेर छिरेका छन् । खल्ती भरी भएको पैसाले गाँउका छोरी चेली बेचेर आँफु धनी हुने सपना बोकेर सल्बलाएका दलालहरुलाई लखेट्नुको साटो उल्टै चिया, खाजा वा खाना खुवाएर स्वागत गरीरहेका छन् गाँउलेहरु ।
शिक्षाको उज्यालो पुग्न नसकेको गाँउका बा, काका, दाजुभाइलाई नै २÷४ पैसा दिएर र रक्सी खुवाएर उनैका छोरी चेली बेचिरहेका छन् मानिसहरु । प्रहरी र प्रसाशन छ, अनि डलरको आडमा कलर फेरीएका एनजीओ, आइनजीओहरुले पनि आआफ्नो पसल थापेका छन् गाँउमा ।

तर काम गर्ने अनुमती नै नपाएको देशमा गई विदेशीको गाली ,कुटाइ र विभिन्न खाले शोषणमा पर्न विवश छन् यो देशका छोरी चेलीहरु । छोरी बेचेर आएको पैसाले भट्टीमा हल्लिँदै छन् आफ्नै भनाउँदाहरु ।

छोरी वेचेको पैसाले चलेका छन् गाँउघरका भट्टी पसल, लुगा पसल, दालचामल मर मसला पसल । छोरी वेचेको पैसालाई पनि सरकार रेमिट्यान्स भन्छ । बेचिएको छोरीले घरमा पठाएको पैसालाई पनि सरकार रेमीट्यान्स भन्छ ।
छोरी बेचेको पैसाले पनि देश चलेको छ । सिमानामा दलालसँग केही हजार लिएर छोरी बेच्नेहरुलाई जान दिइन्छ । यो बन्द गर्न नसकेपनि धेरै हदसम्म कन्ट्रोल गर्न सकिन्छ र कन्ट्रोल गर्न सक्ने निकायका प्रमुखहरुका पनि छोरी चेली छन् ।

दलालकै सेटिङमा देशको विमानस्थ्लबाट पनि छोरीहरु वेचिएर जान्छन् । बन्द गर्न सकिदैन तर कन्ट्रोल गर्न सक्ने निकायका प्रमुखहरुका पनि छोरी चेली छन् । नीति निर्माता, सिमा क्षेत्रका प्रमुखहरु, विमानस्थल, अध्यागमन, सुरक्षा निकाय सवका सबलाई थाहा छ कि दलालहरुको सेटीङमा काम गर्ने अनुमती नै नपाइने देशमा छोरीहरु वेचिन्छन् ।
मलाई थाहा छ, यो रातारात बन्द हुन सक्दैन तर मलाई यो पनि थाहा छ कि यो रातारात कन्ट्रोल हुन सक्छ । कन्ट्रोल गर्न सक्ने निकायका प्रमुख ज्युहरु, यतिबेला तपाईकी आफ्नै छोरी ल्यापटप र आइप्याडमा पढाइ, गेम र च्याटमा व्यस्त छिन अथवा विदेशमा बसेर स्काइप, फेसबुकमा तपाईसंग रमाई रमाई कुरा गर्छिन ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

अशिक्षाले गाँजेको दुर्गम गाँउका छोरीहरुलाई ल्यापटप, आइप्याड चाहिएन तर दलालले बेचेर विदेशमा यातना भोग्न बाध्य पारिएन भने उनीहरु आफ्नै खेतबारीमा घाँस दाउरा गर्थे, आफ्नै आँगनमा ढिकी जाँतो गर्थे ।
छोरीहरु त छोरीहरु नै हुन नी । चाहे तपाईका हुन्, हाम्रा हुन् वा बेचिएकाहरुका बा आमाका हुन् । सिमानामा पैसा खाएर छोरी बेच्न दिने र विमानस्थलमा सेटिङ गरी छोरी बेच्न दिनेहरुले आज एक छिन, मात्र एक छिन आफ्नी छोरीको आँखामा आंखा जुधाएर हेरुन् । फेरी पनि भन्छु बन्द गर्न सकिदैन तर कन्ट्रोल राता रात गर्न सकिन्छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com