नयाँ पात्रोबाट किमको जन्मदिन किन गायब?


प्रकाशित मिति : पुस ८, २०७४ शनिबार

उत्तर कोरियाका सर्वोच्च नेता किम जङ-अनको जन्मदिनबारे सन् २०१८ को उनकै देशको भित्तेपात्रोमा उल्लेख नगरिनुलाई आश्चर्यका रुपमा लिइएको छ।

उनको जन्मदिन ज्यानुअरी ८ तारिख पर्ने बताइन्छ।

तर टोकियो ब्रोडकास्टिङ सिस्टम (टीबीएस) मा देखाइएको सन् २०१८ को पात्रोमा उक्त दिनमा उनको जन्मदिनबारे केही नभनी सामान्य रुपमा उल्लेख गरिएको छ।

उत्तर कोरियाका पूर्व शासकहरुको जन्मदिनलाई पनि पात्रोमा उल्लेख गरिन्छ र त्यो दिन सार्वजनिक बिदा दिएर मनाइन्छ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

घोषणा

किम जङ-अनका बुबा किम जङ-इलको जन्मदिन प्रत्येक वर्ष फेब्रुअरी १६ तारिखलाई ‘शाइनिङ स्टार’ को रुपमा मनाइन्छ।

त्यसैगरी किम जङ-अनका हजुरबुबा किम इल-सङको जन्मदिन एप्रिल ११ लाई सूर्यको दिनका रुपमा मनाइन्छ।

किम जङ-अनका बुबा र हजुरबुबाको पालादेखि नै ती दिनहरुमा सार्वजनिक बिदा दिँदै आइएको छ।

किम

तर आश्चर्यजनक रुपमा किम जङ-अनको जन्मदिनका अवसरमा यो वर्ष भने त्यस्तो कुनै घोषणा गरिएको छैन।

हुन त किम जङ-अनको जन्मदिनलाई लिएर भ्रमको स्थिति पनि छ।

उत्तर कोरियामा उनको जन्मदिनबारे त्यतिबेला थाहा भयो जब सन् २०१४ मा बास्केट बल खेलाडी डेनिस रोडम्यानले प्योङयाङमा एउटा प्रतियोगितापछि उनलाई शुभकामना दिँदै ‘ह्यापी बर्थडे’ गीत गाएका थिए।

परिवर्तन

सन् २०१८ को पात्रो उत्तर कोरियाका होटल तथा पुस्तक पसलका साथै विदेशस्थित केही उत्तर कोरियाली रेष्टुराँहरुमा पनि उपलब्ध छन्।

नयाँ पात्रोमा किम जङ-अनको जन्मदिनबारे उल्लेख नहुनु बाहेक अर्को परिवर्तन पनि देखिएको छ।

पहिला पहिला उत्तर कोरियाली पात्रोहरु त्यहाँका सेना र किम जङ-अनको परिवारका सदस्यहरुका तस्वीरले भरिएका हुन्थे।

किम

तर यस वर्षको पात्रोमा उत्तर कोरियाली उत्पादन, त्यहाँका सुन्दर दृश्य तथा विभिन्न परिकारका खानाको तस्वीरहरु समावेश गरिएका छन्।

त्यसो गरिनुलाई ‘प्रचारबाजी’ गरिने पहिलाको जस्तो पात्रोको विक्रीमा कमी आएको रुपमा अर्थ्याइएको छ।

BBC Nepali

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com