किन मारिए म्यादी प्रहरी ?


प्रकाशित मिति : पुस ८, २०७४ शनिबार

प्रदेश सभा र प्रतिनिधी सभाको निर्वाचनलाई शान्तिपूर्ण रुपमा सम्पन्न गराउन सफल भएको भन्दै शुक्रवार विहान जिल्ला प्रहरी कार्यालय कालिकोटले म्यादी प्रहरीलाई अबिर लगाएर बिदा ग¥यो । टिका लगाउदै हात मिलाएर खुसीसाथ बिदा भएका उनीहरू तलब र भत्ता कम भएको गुनासो गर्न दिउँसो एकाएक प्रहरी कार्यालय फर्किए । उनीहरूको कुरा सुन्न कार्यालयले अटेर मात्रै गरेन, प्रहरीले अन्धाधुन्द लाठीचार्ज गरेर लखेट्ने प्रयास ग¥यो । झडपक्रममा प्रहरीले गोली चलाउँदा एक जना म्यादी प्रहरीको मृत्यु नै भयो ।

निर्वाचन सुरक्षाका लागि दुई महिनासम्म सँगै काम गरेका म्यादी प्रहरी र प्रहरीबीच झडप हुँदा सान्नीत्रिवेणी गाउँपालिकाका २१ वर्षीय विवेक ऐडीको ज्यान गएको हो । टाउकोमा गोली लागेका उनी जिल्ला प्रहरी कार्यालयको गेटमै ढलेका थिए । निर्वाचनमा खटिएबापतको भत्ता माग्न गएका ऐडी आफूलाई अबिर लगाएर बिदा गर्ने प्रहरीकै हातबाट मारिए । उनको ज्यान गएपछि सदरमुकाम मान्म तनावग्रस्त बनेको छ । झडपमा अन्य दुई जना म्यादी प्रहरी घाइते भएका छन् । उनीहरूको स्थानीय मेडिकलमा उपचार भइरहेको छ । घटनापछि म्यादीले मान्ममा रहेका प्रहरीका दुईवटा बिट तोडफोड र आगजनी गरे भने प्रहरीले हवाईफायर र अ श्रुग्यास प्रहार गरेर तिनलाई धपाउने प्रयास गरेको थियो ।

डीएसपी सुवासचन्द्र बोहोराले भने, ‘हामीले उनिहरुलाई भर्ना भए लगतै तलब–भत्ताको बारेमा सबै स्पष्ट पारेका थियौं । बिहान खुसी हुँदै अबिर लगाएर बिदा भएका हुन् तर दिउँसो एकाएक प्रहरी कार्यालय घेर्न आए, दुखद् घटना हुन पुग्यो ।’ सरकारले तोकेको सबै रकम र सुविधा उपलब्ध गराएको उनको दाबी छ । तर म्यादी प्रहरीले भने जुम्लाको तुलनामा आफूहरूलाई कम भत्ता दिइएको र आफूहरूले पाउनेभन्दा कम रकम दिइएकाले आन्दोलन गर्नुपरेको उनीहरूको भनाइ छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

आफ्नो माग पूरा नभएसम्म र सहकर्मीको हत्या गर्ने प्रहरीलाई कारबाही नगरिएसम्म आन्दोलन जारी राख्ने उनीहरूले जनाएका छन् ।
प्रहरीले ज्यादति गरेको भन्दै स्थानीय बासिन्दाले पनि कडा विरोध जनाएका छन् । उनीहरूले घटनाको छानबिन गर्न माग गरिरहेका छन् । म्यादी प्रहरीले भत्ता कम दिइएको गुनासो गरे पनि प्रहरीले तोकिएकै रकम दिइएको जनाएको छ । प्रहरीका अनुसार म्यादीले पाउनुपर्ने तलब, पोसाकभत्ता र रासन खर्च गरी ५८ हजार तीन सय रुपैयाँ उपलब्ध गराइएको छ । पहिलो किस्ता २३ हजार पहिले नै खातामा जम्मा भएको र दोस्रो किस्ताअन्तर्गत ३५ हजार तीन सय पनि खातामा जम्मा हुने प्रहरीको भनाइ छ । जिल्ला प्रशासन कार्यालयले भने म्यादीले एकाएक ढुंगामुढा गरेपछि अवस्था तनावपूर्ण बनेको जनाएको छ । म्यादीको गोलीले नभई ढुंगाले लागेर मृत्यु भएको हुनसक्ने प्रशासनको दाबी छ । यद्यपि जिल्ला अस्पतालले पोस्टमार्टम गरेपछि मात्र यसको पुष्टि हुने जनाएको छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com