प्रदेश २ मा मैथिली भाषालाई कामकाजी भाषा बनाउन माग


प्रकाशित मिति : पुस ८, २०७४ शनिबार

पुस ८ राजविराज( संविधान कार्यान्वयनसँगै संघीयताको अभ्यासका क्रममा प्रदेश नं। २ को कामकाजी भाषा मैथिली हुनुपर्ने माग सुरु भएको छ। सप्तरी सदरमुकाम राजविराजमा शुक्रबारदेखि सुरु भएको दुईदिने १५औं अन्तर्राष्ट्रिय मैथिली सम्मेलनमार्फत यस्तो माग सुरु भएको हो।

नेपालमा सबैभन्दा बढी बोलिने भाषाको दोस्रो स्थानमा रहेको मैथिली भाषाको राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा पहिचान, विस्तार, संरक्षण, संवर्द्धन र यसका लागि उचित वातावरण तयार गर्ने उद्देश्यले आयोजित सम्मेलनमा २ का अधिकांश स्थानमा मैथिली भाषीको बसोबास रहेकाले भाषाको संरक्षण, संवर्द्धन र विकासका लागि मैथिलीलाई नै कामकाजी भाषा बनाउन दबाब सृजना गर्नुपर्ने माग गरिएको छ।

‘प्रदेश २ वासी के आशा स् मैथिली हो राज्य के भाषा’ भन्ने नाराका साथ सुरु भएको सम्मेलनको नागरिक उड्डयन तथा संस्कृति पयर्टनमन्त्री जितेन्द्रनारायण देवले उद्घाटन गरे। उनले ऐतिहासिक र समृद्ध रहेको मैथिली भाषा साहित्यको संरक्षण र संवर्द्धनमा जोड दिँदै यसका लागि आफूले पनि आफ्नो स्तरबाट हरसम्भव सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे।

सम्मेलन स्थलमा मैथिली भाषाका विद्धान् लेखकहरुद्वारा लेखिएको विभिन्न कृतिहरुको स्टल पनि राखिएको छ। उद्घाटन समारोहका क्रममा मैथिली भाषा संस्कृति र कला क्षेत्रमा योगदान पुर्याउने नेपाल र भारतका मैथिली अभियानीहरुलाई मिथिला रत्न र मिथिला श्री पुरस्कारबाट सम्मान गर्नुका साथै मैथिली भाषामा लेखिएका विभिन्न नयाँ कृतिहरुको विमोचन पनि गरिएको थियो।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

सम्मेलनमा नेपाल र भारतका गरी २ सयभन्दा बढी मैथिली अभियानी अगुवाहरुको सहभागिता छ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com