पोखरा, ८ पुस । कास्कीको भाचोकमा बस पल्टिँदा वडा सदस्यको मृत्यु भएको छ । पोखराबाट भाचोकतर्फ गइरहेको ना ३ ख ७४३६ नम्बरको बस शुक्रबार साँझ दुर्घटना हुँदा मादी गाउँपालिका वडा नम्बर ९ का दलित महिला सदस्य पदमकुमारी नेपालीको मृत्यु भएको छ भने अन्य ९ जना घाइते भएका छन् ।
उनको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कास्कीले जानकारी दिएको छ । २०७४ वैशाख ३१ गते सम्पन्न स्थानीय तहको निर्वाचनमा उनी नेपाली कांग्रेसबाट वडा सदस्यमा निर्वाचित भएकी थिइन् ।
बस सडकबाट करीब एक सय मिटर तल खसेर दुर्घटनाग्रस्त भएको छ । सडकको डिल भत्केर गाडी पल्टिएको स्थानीयले बताएका छन् । घाइतेहरुलाई राती नै उद्धार गरेर पोखराका मनिपाल, फिस्टेल, पश्चिमाञ्चललगायतका अस्पतालहरुमा उपचार गर्न लगिएको थियो ।
के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?
अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।