क्रिसमसमा भेटिएकी अमेरिकन दिदी


प्रकाशित मिति : पुस ६, २०७४ बिहीबार

– अच्युत सिग्देल

फुसफुस परेको हिऊ वढेर, शहर सेताम्य कटनको चिसो सिरक ओढेर लमतन्न ढलेको थियो । यौवन केटी जस्तै ऊन्मत्त चम्मचमाऊने क्रिसमस ट्रि हरू मेकअप धोएपछिकि दुलहि जस्तै मधुर र न्यान्म परेको थिए। गाडिले निचोरेका हिऊहरू काला र हिलाम्य र धिनलाग्दा वनेका थिए । सायद निती स्लोकमा वा शिरोमणीजीको कवितामा पढेको ‘जो वेला जो व्यवस्था प्रकृती नियमले व्याप्त भो तै हुन्छ राम्रो’ याद गर्दै आनन्द लिने प्रयास गर्दै थिए ।माईनस तापक्रममा घन्टौ वस कुर्नुपर्दा दिन भर गरेको कामले महिनौको थकान महसुस हुदै थियो ।

हातमा विरालो च्यापेर क्रचेज- वैशाखिको सहारामा एक अधवैसे यूवति अगाडि आईन डिसेवल र नारी प्राथमिकतामा पर्ने दुई तत्व भएकोले हटिदिएँ । नेपालमा वनेको फिटराईटको जुत्ता लगातार नौ महिनाको सहवास र घर्षण वाट गर्भवती झै भएका थिए । हट्न मान्दै मानेनन वार्ह घन्टाको पेलाईमा सायद लखतरान थाकेछन । हिऊको चिसो पसेर विस्तारै खुट्टाको औलाहरूमा मूल पलाऊदै थिए । थापर ईन्टरनेस्नलमा किनेको मेधाऊल ढाढिएर धार्नि वन्दै थियो। विहान लगाएको सेतो सर्ट होलि खेलेको जस्तो रातो पहेलो र टाटै टाटा थियो ।

थमसेर्कुको नर्थफेसले टेर्न छोडेका थिए । भित्र मनमा सगरमाथाको छोरो त हुँ भन्ने घमण्ड थियो । नत गोक्योको जाडोले छोयो न वेसक्याम्पले नत थोराङपास सँग डराईयो न मु्क्तिनाथ नै । यस्ता गोराको शहरमा त केले छुन सक्नु र ?

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

हिड्न नसकेको देखेर ऊनले सोधिन आर यू ओके ? एस आई एम भने चिसोले दाँत कमाऊन थालिसकेका रहेछन । यसैत मेरो नेपाङ्लिस जाडोले हल्लाए पछि त ५० सेन्टको र्याप भन्दा ख़तरा नै भएछ ।

जोडले हासिन, हातको कफि दिदै भनिन – ‘पिऊ निको हुन्छ ।’

वाजेको पालामा म्लेच्क्षको पानी चल्दैन थियो । जुठो कसरि पिऊनु ? नपिऊ त जिऊदै स्नो म्यान वनिएला भन्ने डर । फेरि डिसेवल महिला कसरि समात्नु र ? ग्लानी भरि आखामा हेरें , ऊनले मायालु ऑखाले हर्दै अनुनय गरिन मैले कफि समातें । ओठ सम्मलाने हिम्मत नै आएन, ऊनले नजिक आएर हग दिईन । दाया वाया हेरें ससुराली वाला त कोहि थिएनन् । ऊनको तातो पनले हल्का काम गर्यो । रामनाम सम्झेर स्टारबक्सको कफि चुस्कि लगाएँ ।

ऊनले ‘आर यू फ्रम नेपाल’ भनेर सोधिन । मैले ‘यस आई एम । हाऊ डु यू नो ?’ भने ।

‘मा पिस्कोर मा काम गरेको । दुई वर्ष राम्रो नेपाली वोल्ने । थमसेर्कु देखेको मन परेको । मेरो नाम एप्रिल जोर्डन हो । दुई तिन व्लक ऊता वस्ने । जाडो भएकोले वसमा जाने । यो मेरो साथी विरालो, लुसि हो । तपाई मेरो घरमा जाने , डिनर खाने म सँग न्यानो लुगा छ, दिने ।’

म ‘भो पर्दैन’ भने, घरमा गए पछि श्रीमतीको राम धुलाई पर्ने होला । ऊनले मेरो मुखमा हेर्दै भनिन, ‘तपाई मेरो जुठो कफि पिएको अव मेरो नेपाली भाई हो ।’

के गर्ने नगर्ने सोच्दै थिएँ । मनमा अनेकौ प्रश्न ऊठ्दै थिए । ऊनले विरालो मेरो हातमा थमाईन । वस आयो दुवै वस चढ्यौ । दुई तिन स्टप पछि ऊनले तानेर झारिन । सँगै घर गयौ, घरमा दुईटा अरू ठूला विरालो र चराहरू थिए । चिड़िया खाना जस्तै वास्ना आऊने घर, तितर वितर कोठाहरू । कफिको पैचो त तिर्नु थियो । ‘म मद्दत गरौ’ – सोधे ।

ऊनले ‘दिन दिनै भॉडा माझ्न आऊने हो ?’ मैले ‘हुन्छ’ भने दुवै हास्यौ ।

मैले ऊनको वारेमा सोधौ कि नसोधौ सोच्नै सकिरहेको थिईन । ऊनले फटाफट भनिन , – ‘नेपाल वाट अफ़ग़ानिस्तान जॉदा एम्वुसमा परेर खु्ट्टा गुमाऊनु परेको । खुट्टा नभएकोले वोईफ्रेन्डले छोडेको । अव लोग्ने मान्छे सँग विस्वास गुमेको । त्यसैले घरभरि जनावर पालेर रमाएको ।’

मैले ऊनको मुखमा हेरें, सम्हालिदै भनिन, – ‘नेपाल मेरो माईती हो । सवै नेपाली केटा मेरो भाई, तिहारमा टिका लगाऊने अनि लामो मायॉ गर्ने ।’

ऊनको आथित्य र ममताले म लाटों भएर टोलाऊदै थिएँ । ऊनले हट सावर लिन भनिन म अपठ्यारो मान्दै थिए । ऊनले तानेर वाथरूमतिर धकेलिन । म तातोपानीमा मजाले नुहाएर न्यानो वने । ऊनले कपड़ा दिईन र भनिन सवै नया हो । बोई फ्रेन्डकोलागि क्रिसमस गिफ़्ट थियो तर छोडेर गएको ।

तातो कफि दिईन, कफि पिऊँदै घन्टौ कुरा गर्यो । ऊन्ले मेरो लुगा लन्ड्रिमा हालिसकिछिन । ड्याएरमा राख्दा समय लाग्ने थियो, ऊनले ‘छोडेर जानु’ भनिन। मैले ;’मेरो सेतो सर्ट एऊटा मात्र भएको र भोली काममा जानु पर्ने भने, ऊनले तिम्रो होलिको लुगा म लगाऊने भनिन । म रातो भएँ, ऊनले दराज़वाट दुईवटा सेतो सर्ट निकालेर दिईन ।

न्यानो अँगालोमा हग दिईन, दुवैका ऑखॉ टम्नै रसाए । ऊनले ‘भोली आऊनु’ भनिन । मैले हार्दिकता पूर्वक टाऊको निऊराएर अभिवादन गरें ।

ऊनले ‘आई एम नट गन मिस नेपाल एनि मोर । लभ् यू । वाई ।’

मैले ‘मेरी क्रिसमस भने । ‘ ऊनले ‘मेरी क्रिसमस’ भनिन । म मायालु नजरले हेर्दै विदा भएँ । कता कता घर डोड्नु परे जस्तै जिऊँ भारि हुदै थियो ।

शरिर भरि पहिलो पटक क्रिसमस सजावट सजिएको थियो । क्रिसमस ट्री जस्तै चम्कदै थिएँ कि म सायद ।

 

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com