अमेरिकाको कारण रुस आतंकवादी हमलाबाट जोगियो


प्रकाशित मिति : पुस ३, २०७४ सोमबार

३ पुस, काठमाडौं । अमेरिकी गुप्तचर निकायले दिएको पूर्वसूचनाका कारण रुस आतंकवादी आक्रमणबाट जोगिएको छ । रुसको सेन्ट पिटर्सवर्गको प्रमुख गिर्जाघरमा हमलाको योजना बनेको सूचना अमेरिकी गुप्तचर निकाय सीआईएले दिएको र शनिबार गराउन लागिएको आक्रमण विफल पारिएको रुसी समाचार संस्थाहरुले जनाएका छन् ।

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई टेलिफोन गरी सीआईएले गरेको सहयोगप्रति धन्यवादसमेत दिएका छन् ।

रुसको सुरक्षा सेवा एफएसबीले भनेको छ इस्लामिक स्टेट समूहका सात जनालाई हिरासतमा लिइएको छ र उनीहरुको साथबाट विस्फोटक पदार्थ, हतियार लगायतका सामग्री बरामद भएको छ । यसै समूहले शनिबार आत्मघाती हमला गरी नागरिकको हत्या गर्ने योजना बनाएको थियो ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com