क्यानडामा अर्बपति र उनकी श्रीमती मृत भेटिए


प्रकाशित मिति : पुस १, २०७४ शनिबार

व्यापारी शेरम्यान विशाल औषधी कम्पनी ‘एपोटेक्स’का संस्थापक र अध्यक्ष थिए।

प्रहरीले उनीहरुको मृत्युलाई शंकास्पद भनेको छ।

उनीहरुको शव तल्लो तला (बेसमेन्ट)मा फेला परेको बताइएको छ।

एपोटेक्सका औषधी संसारभर बेचिन्छन्।

अर्बपति

हनी र ब्यारी शेरम्यान परोपकारी कोष संकलनका लागि प्रख्यात थिए

परोपकारी

व्यापारी शेरम्यान क्यानडाका धनीहरुमध्ये एक थिए र प्रख्यात परोपकारी पनि थिए।

प्रहरीले घटना लगत्तै केही विवरण दिए पनि उनीहरुको परिचय खुलाएको थिएन।

तर स्थानीयबासी, मित्रहरु र एपोटेक्सका अधिकारीहरुले स्तब्ध भएका समाचारहरु सामाजिक सञ्जालमा राखेका थिए।

एपोटेक्सले जारी गरेको विज्ञप्तिमा भनिएको छ- “हामी सबै स्तब्ध र दुखी भएका छौं।”

उनीहरुका चार छोराछोरी छन्।

एपोटेक्स सन् १९७४ मा स्थापना भएको थियो र एपोटेक्सकै अनुसार अहिले संसारमा उ सातौं ठूलो औषधी निर्माता कम्पनी हो।

फोर्ब्स म्यागेजिनले शेरम्यानको व्यक्तिगत सम्पत्ति ३.२ अर्ब डलर रहेको बताउँछ।

BBC Nepali

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com