गच्छदारको जितसंगै मतगणना सकियो, एमाले ८०, माओवादी ३६ र नेका २३ सिट, मधेश गठबन्धन २१ बांकी ५


प्रकाशित मिति : मंसिर २७, २०७४ बुधबार

काठमडाौं २७ मंसिर । सनुसरी क्षेत्र नंं ३ मा नेपाली कांग्रेसका विजय कुमार गचछदार ३८९७२ मत प्राप्त गरी बिजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका भगवती चौधरीले ३८६५१ मत प्राप्त गरेकी छन् ।

दुई जनाबीचको मतान्तर ३२१ रहेका छ । गच्छदारको क्षेत्रको मतगणनामा सुरु देखि नै विवाद हुंदै आएको थियो । धांदली र बदमासीका अनेकन कीर्तिमान बनाएको भन्दै बामगठवन्धनका कार्यकर्ताहरु रुष्ट भएका छन् ।
गच्छदारको जितसंगै सत्तारुढ दल नेपाली कांग्रेस जम्मा २३ सिटमा समेटिएको छ । झण्डै एकल बहुमतको नजिक एमाले पुगेको छ । एमालेले ८० सिट र माओवादीले ३६ सिट प्राप्त गरेका छन् । बामगठवन्धन स्पष्ट दुई तिहाई बहुमत प्राप्त गरेका छन् । संघीय समाजबादी फोरमले १० र राजपाले ११ गरी मधेश गठवन्धनले २१ सिट प्राप्त गरेको छ । तर राजपाका उमेदबार बनेर जितेका मस्ट वान्टेड रेशम चौधरीको सांसद पद के हुने भन्ने स्पष्ट भइसकेको छैन । यो चुनावमा राप्रापले १, नयां शक्तिकले १, राजमोले १, नेमकिपाले १ सिट प्राप्त गरेका छन् । हुम्लामा माअ‍ोवादीको विद्रोही तथा ०४८ सालको निर्वाचनमा संयुक्त जनमोर्चाबाट सांसद निर्वाचित छक्कबहादुर लामा यसपटक पनि निर्वाचित भएका छन् ।

प्रदेश सभातर्फ २ नं. प्रदेश बाहेक ६ वटा प्रदेशमा बाम गठवन्धनले दुई तिहाई सिटमा जित हासिल गरेका छन् ।

 

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com