प्रधानमन्त्री शेरबहादुर देउवाले जिते, उर्जामन्त्री कमल थापाले हारे
प्रकाशित मिति : मंसिर २४, २०७४ आईतबार
प्रधानमन्त्री शेरबहादुर देउवा डडेलधुराबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन् । आफ्ना निटतम प्रतिद्वन्द्वी माओवादीका लेखराज भट्टलाई हराउँदै देउबा विजयी भएका हुन् ।
उनले २८ हजार ४४ मत प्राप्त गर्दै जित हात पारेका हुन् । भट्टले २१ हजार ११५ मत ल्याए। देउवाले जितका लागि मतगणनामा क्रममा निरन्तर अग्रता बनाएका थिए ।
मकवानपुर क्षेत्र नम्बर १ बाट राप्रपा अध्यक्ष कमल थापालाई पराजित गर्दै एमालेका कृष्णप्रसाद दाहाल प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन् । जितेका दाहालले हालका ऊर्जामन्त्री थापाविरुद्ध जितको ह्याट्रिक पुरा गरेका छन् ।
दाहालले ५ हजार ९७३ मतान्तरले थापालाई हराएका हुन् । दाहलले ४० हजार ६३१ मत प्राप्त गर्दा थापाले भने ३४ हजार ६५८ मत मात्रै पाए ।
[jetpack_subscription_form
title="खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏"
subscribe_text="अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।"
subscribe_placeholder="इमेल ठेगाना यहाँ प्रविष्ट गर्नुहोस्…"
subscribe_button="सब्सक्राइब गर्न यहाँ क्लिक गर्नुहोस्"
]






